५ अाै‌‌ नेपाली टोपी दिवस मनाउने तयारी

629
  •  
  •  
  •  

काठमाडौं,१६ पुस (ओएनएस):अग्रेजी नयाँ वर्षलाई ५ अाै‌ टोपी दिवसका रुममा मनाउने तयारी भइरहेको छ । यो बर्ष ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारासहित पाँचौ नेपाली टोपी दिवसकारुपमा मनाउन लागिएको जागरुक युवा अभियान नेपालले एक प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

नेपालीलाई विश्व सामु चिनाउदै आएको एउटै मात्रै पोशाक दौरा सुरुवाल ,टोपी र गुन्यु चोलो रहेको भए पनि तत्कालिन सरकारले राष्ट्रिय पोशाकबाट हटाएकोमा विज्ञप्ती मार्फत अापत्ती जनाएको छ । दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाउन अनुरोध गर्दै विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी,कालोटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग माग समेत विज्ञप्तीमा उल्लेख गरिएकाे छ । साेमवार मनाइने टाेपी दिवसकाे अबसरमा माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दौरा सुरुवाल र नेपाली टोपी सहित आउन समेत अनुरोध गरेको छ ।

 (विज्ञप्ती सहित)

मिती ः २०७४÷९÷१६

‘ नेपाली टोपी, नेपालको पहिचान’
पाँचौं नेपाली टोपी दिवस

प्रेस विज्ञप्ति

बिश्वमा हरेक मुलुकको आ–आप्mनो मौलिक पहिचान छ । पहिचानको मुख्य आधार मानिने पोशाकलाई अधिकांश मुलुकले आप्mनो पहिचानका रुपमा सुचिकृत गरेका छन । तर नेपाल र आम नेपालीलाई बिश्व समुदायमाझ चिनाउदै आएको एउटै मात्र पोशाक दौरा सुरुवाल टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएको छ ।
मुलुकमा जातीय पहिचानको आवाज बुलंद बनिरहँदा हामी अहिले राष्ट्रिय पहिचानबिहिन छौ । जातीय पहिचानको महत्व जति छ राष्टिय पहिचानको महत्व पनि उत्तिकै छ । पहिलो कुरा मुलुक हो तब मात्र क्षेत्र, धर्म, जाति हुन्छ तसर्थ हामी जातीय पहिचान सँगसँगै राष्टिय पहिचानको खोजीमा छौ ।
त्यसका लागि हामीले विगत ४ बर्षदेखि विभिन्न अभियानहरु संचालन गर्दै आईरहेको कुरा अवगत नै छ । जसमध्ये हरेक अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने हाम्रो मुख्य अभियान हो । यो बर्ष ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारासहित पाँचौ न टोपी दिवसकारुपमा मनाउन लागिएको जानकारी गराउद छौं ।
सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाऔ नभए नेपाली टोपी अवष्य लगाऔ भन्ने कुरालाई आत्मसाथ गर्दै विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी, कालोटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछौ । नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ति टोपीहरुको पनि संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अर्काे मूल लक्ष्य हो ।
त्यस दिन सबैले आ आप्mनो ठाउँमा नेपाली टोपी दिवसका कार्यक्रमहरु आयोजना गर्न र हामीले निम्न मिति र समयमा आयोजन ागर्ने कार्यक्रममा सहभागि भईदिनु हुन बिनम्र अनुरोध गर्दछौ । अभियान अन्तर्गत नेपाली टोपीलाई राष्टिय पहिचानकारुपमा घोषणा गर्न दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्ने, कार्यक्रममा सहभागि हुन नसक्नेले नेपाली टोपीमा सजिएर सामाजिक सञ्जालमा आफ्नो तस्विर सार्वजनिक गर्ने र अभियानका बारेमा सक्दो प्रचारप्रचार गर्ने रहेका छन् ।
त्यसैले हाम्रो यस अभियानलाई ब्यापक बनाउन सबैले आ आप्mनो तर्फबाट प्रचारप्रसार गरी सक्दो सहयोग गरि दिनु हुन सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदि बहिनीहरुलाई हार्दिक अपिल गर्दछौ ।
साथै यो बर्ष आगामी जनवरी १ का दिन राजधानीको माइतीघरमा हुन गईरहेको कार्यक्रममा राष्ट्रिय पोशाक दौरा सुरुवाल अथवा नेपाली टोपी लगाएर सहभागिता जनाई दिनुहुन हार्दिक अपिल गर्दछौ ।
कार्यक्रम तालिका
स्थानः माइतीघर मण्डला, काठमाडौं
मितीः १ जनवरी २०१८
समयः बिहान ७ बजे
आयोजकः जागरुक युवा अभियान नेपाल
सम्पर्कः ९८४९७११०७०, ९८१३७२४०५५


  •  
  •  
  •