विद्यार्थीलाई नेपाली विषयको प्रश्न ‘श्रीमती पोइल गए के गर्छौ ?’

147
  •  
  •  
  •  

काठमाडौं २० मंसिर । परीक्षामा सोधिने प्रश्नले विद्यार्थीको मनोभावमा ठेस पुराउनु हुन्न । यो शैक्षिक मान्यता नै हो ।
तर,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनले कक्षा १० का विद्यार्थीका लागि तयार गरेको प्रश्नपत्रले विद्यार्थीको मनोभावनामा ठेस मात्रै पुर्याएन,प्रश्न आँफैमा अपूरो पनि देखियो । प्रश्नपत्रमा छात्रलाई मात्र सम्बोधन हुनेगरी प्रश्न सोधिएको छ । छात्रालाई होच्याइएको छ ।  त्यसको जवाफबारे पनि छात्राले अनुमान लगाउन गाह्रो हुन्छ । ‘आफू धन कमाएर फर्किँदा आफ्नी श्रीमती पोइल गएपछि मनमा उठेका भावहरु समेटी एक मनोवाद तयार पार्नुहोस्’ एसएलसी पूर्वयोग्यता परीक्षा २०७१ अन्तर्गत शुक्रबार नेपाली विषयको प्रश्नपत्रमा सोधिएको एक प्रश्न हो यो ।
प्रश्नले विद्यार्थी नै अलमलमा परे । मनोभाव लेख्न सोधिएको प्रश्नको विद्यार्थीले सहजै जवाफ लेख्न सकेनन् । ‘कक्षा १० मा पढ्ने छात्राले यसबारे कस्तो मनोभावना लेख्लिन् ? यस्तो नकारात्मक भाव फैलाउने प्रश्न गरेर शिक्षकले कस्तो मनोभाव बुझ्न खोजेको हो ?’ शिक्षाविद डा. सुसन आचार्य भन्छिन्,‘प्रश्नकर्ता शिक्षकको मनोभाव यसैबाट प्रष्ट हुन्छ
नयाँपत्रिकाबाट


  •  
  •  
  •