विवाहेतर सम्बन्ध : विखण्डनको बीउ

607
  •  
  •  
  •  

दाम्पत्यबाहिर बरालिने जोडीको पारिवारिक जीवन धरापमा

प्रतिष्ठित एक अन्तर्राष्ट्रिय गैरसकारी संस्था (आईएनजीओ)को वित्त विभागमा कार्यरत एक महिलाको काठमाडौँका पुरुषसँग प्रेमविवाह भयो, २०५७ सालमा। पत्नीको राम्रो कमाइ, पतिको प्रशस्त पुख्र्यौली सम्पत्ति। पुतलीजस्ती प्यारी छोरी। झट्ट हेर्दा ‘सानो परिवार, सुखी परिवार’ जस्तो लाग्छ। तर, यस जोडीको दाम्पत्य जीवन भने सुखी रहेन।आफ्नो जागिर नभएकाले ती पुरुषले काभ्रेको बनेपामा घर सजावटका सामानको पसल थापे। पसलमा एक युवतीलाई कर्मचारीका रूपमा राखे। पत्नी लामो समय कार्यालयकै काममा व्यस्त रहने, बेलाबेला स्वदेशकै विभिन्न क्षेत्र र विदेशसमेत गइरहने। घर, अफिस, सामाजिक व्यवहार, छोरीको हेरचाह सबै गर्दा सधैँ व्यस्तता र थकान।पतिको झुकाव भने तिनै कामदार युवतीप्रति बढ्न थाल्यो। सुरुमा व्यावसायिक सम्बन्ध हुँदै बिस्तारै ती दुई प्राणी कति नजिक भए भने शारीरकि सम्बन्ध पनि सामान्य बन्दै गयो। आफ्नो घर र पत्नी दोस्रो प्राथमिकतामा पर्ने भइहाल्यो।

ती पुरुषले घरपरविारलाई दिने समयमा कटौती गर्नुलाई पतिको व्यस्तताकै रूपमा बुझिन्, पत्नीले। ती युवतीसँग हुने टेलिफोन वार्ता, मोबाइल सन्देश, कहिलेकाहीँ गाडीमा सँगै रहेको देखिनु पनि उनका लागि सामान्य थियो। व्यापारमा बढी समय लगाउँदा आम्दानीका साथै सामाजिक प्रतिष्ठा बढेकै ठान्थिन्। आफ्नो काममा व्यस्त रहने उनले न पतिको पिछा गर्न सकिन्, न त्यसो गर्नु आवश्यक नै ठानिन्। तर, उनको दाम्पत्यमा तेस्रो व्यक्तिले प्रवेश गरसिकेको थियो।

सात वर्षसम्म कुनै आशंका नगरेकी पत्नीले अन्ततः चाल पाइन्, पसलमा सहयोगीका रूपमा राखेकी तिनको पेटमा आफ्ना पतिको गर्भ हुर्किरहेको। त्यसयता उनीहरूको दाम्पत्यमा धाँजा फाटेको छ। पति ती युवतीलाई ससम्मान घर भित्र्याउने तरखरमा छन् भने पत्नी न घर बस्नु, न छाडेर जाने अवस्थामा।

नेपाली समाजमा विवाहेतर सम्बन्धका कारण दाम्पत्य जीवन कसरी धरापमा पररिहेको छ भन्ने ज्वलन्त उदाहरण हो, यो। पतिपत्नीको फरकफरक क्षेत्रको व्यस्त दिनचर्याले परिवारको संरचनालाई नै कसरी खोक्रो बनाइरहेको छ भन्ने दृष्टान्त पनि छ यसमा। विवाहेतर सम्बन्ध नेपाली समाजमा अपवाद रूपमा होइन, समग्र प्रवृत्तिका रूपमा स्थापित हुने तरखरमा छ। दाम्पत्य सम्बन्ध जति कसिलो, रसिलो र विश्वासिलो बन्नुपर्ने हो, त्यति पनि हुन सकेको छैन।

जिल्ला अदालत, प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, अधिकारवादी संघसंस्थादेखि प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद् कार्यालयसम्म न्यायका लागि गुहार्न पुग्नेहरूको संख्याले पनि विवाहेतर सम्बन्धको आकार र मात्रालाई देखाउँछ, जसले आफ्नो जीवनसाथी वा संगिनी अर्कैसँग समय बिताउन थालेका कारण आफू पीडित भएको गुनासो गररिहेका हुन्छन्। ती निकायमा पुगेका घटना केलाउने हो भने समाजमा विवाहेतर सम्बन्धका कारण छँदाखाँदाका युगल जोडी मात्रै छुट्टँिदै छैनन्, यसैका कारण परिवारमा थप तनाव, हिंसा, झैझगडाले समेत विकराल रूप लिइरहेको देखिन्छ। जस्तो : दाङमा कार्यरत एक सरकारी अधिकृत आफू जहाँजहाँ सरुवा हुन्छन्, पत्नी र छोरा पनि साथै लैजान्छन्। तर, उनको लगाव भने अर्कै युवतीतिर बढी छ। ती युवती पनि सरकारी जागिरमै छिन्, जससँग बारम्बार भेट गररिहन्छन् ती अधिकृत।

हाल हिमाली क्षेत्रको महिला विकास कार्यालयमा सुपरभाइजर रहेकी ती युवती अहिले फरक जिल्लामा पुगे पनि यसअघि उनीहरू एकै ठाउँमा कार्यरत थिए। ती दुईको हिमचिमले पत्नी भने चर्को मानसिक तनावमा छिन्। उनका भनाइमा, पतिले न पहिलेजस्तो प्रेम गर्छन्, न त सम्मान नै। आफूलाई हेला गर्न थालेको महसुस भएपछि उनी महिला आयोगलाई गुहार्न पुगेकी छन्।

राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतकी पत्नीले त पतिको बाहिरी सम्बन्धका कारण आफू भौतिक यातना र दुव्र्यवहारको सिकार हुनुपरेको उजुरी गरेकी छन्, आयोगमा। हुन पनि ती महिला अहिले घर न घाटको अवस्थामा छिन्। उनीसँग सुमधुर सम्बन्ध छँदै ती अधिकृतले चिनेको एक व्यक्तिलाई ऋण दिन भन्दै कागजमा सही गर्न लगाए। त्यसको एक महिना नबित्दै सोही कागज देखाउँदै पतिले ‘तँलाई मैले अंश दिइसकेँ, अब हाम्रो सम्बन्ध सकियो’ भन्दा पो छाँगाबाट खसेजस्तै भइन्। अंश दिएपछि सम्बन्धविच्छेद भएसरह मानिन्छ। सरकारी जागिरे महिलासँग ती अधिकृतको उहिल्यैदेखि सम्बन्ध रहेको धेरै ढिलो चाल पाइन्।

पत्नीपीडित पुरुष पनि
यो त भयो पुरुषको विवाहेतर सम्बन्धका कुरा। पत्नीको त्यस्तै अवैध सम्बन्धका कारण पीडित बनेका पुरुषको संख्या पनि कम छैन। इराक छिर्दा सर्लाहीका सञ्जय महतको सपना पत्नीलाई सुखसँग पाल्ने र छोरीलाई स्तरीय शिक्षा दिनेबाहेक केही थिएन। यही सपना बोकेर उनले जोखिम मोलेरै नेपालीका लागि प्रतिबन्धित मुलुक इराक गएर पसिना बगाए। दुई वर्षपछि नेपाल फर्किंदा उनीसँग न पत्नी घरमा थिइन्, न त आफूले पठाएको पैसा नै। फोन गर्दा ‘अबदेखि मलाई नखोज्नू, मैले नयाँ साथी पाइसकेँ’ भनेर जवाफ फर्काइन्। न्यायको खोजीमा महत महानगरीय प्रहरी परसिर ललितपुरको शरणमा पुगेका छन्।

युवाहरू वैदेशिक रोजगारमा जाने क्रमसँगै विवाहेतर सम्बन्धमा पनि बढोत्तरी आएको छ। विदेशबाट पठाएको रकममा स्वदेशमा रहनेले मोजमस्तीपूर्ण जीवन जिउने र त्यही क्रममा विवाहेतर सम्बन्ध राख्ने गरेको ललितपुर प्रहरी परसिरका उपरीक्षक वसन्तराज पन्त बताउँछन्। भन्छन्, “अब प्रहरीले समेत हेरेर नभ्याउने अवस्था आइसक्यो।” विदेश जाने महिलाको भन्दा पुरुषको संख्या बढी भएकाले यस्ता घटनामा पुरुष बढी पीडित हुने गरेको प्रहरीको भनाइ छ।

नेपालमा विवाहेतर सम्बन्धबारे छुट्टै अनुसन्धान भएको छैन। त्यसैले विवाहेतर सम्बन्धको आकार र यसले पारेको सामाजिक प्रभावका सम्बन्धमा यकिन गर्ने कुनै पनि सूचकांक उपलब्ध छैन। तर, समग्र पारविारकि विवादका मुद्दा मुलुकभरका जिल्ला अदालतमा आर्थिक वर्ष ०६७/६८ मा २८ हजार ४ सय २१ थिए। तीमध्ये पतिपत्नीको सम्बन्ध प्रमुख रूपमा जोडिने मुद्दा जारी, नाता कायम, बहुविवाह, माना चामल र सम्बन्धविच्छेद पर्छन्। यी मुद्दा मात्रै ९ हजार ४ सय ६५ थिए। त्यसैगरी प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा निर्देशनालयमा ०६८/६९ मा २ हजार २ सय ५० घरेलु हिंसाका घटना रेकर्ड भएका छन्। यी सबै घटना विवाहेतर सम्बन्धका कारण नभए पनि अधिकांशमा दम्पतीकै कारण हुन्छन्। अधिवक्ता केशवराज अर्याल भन्छन्, “लोग्नेस्वास्नीको झगडाको अधिकांशतः यौन नै प्रमुख कारण हुन्छ। असन्तुष्टिका अरू धेरै कारण हुन सक्छन् तर त्यसको परण्िाामचाहिँ विवाहेतर सम्बन्ध हुन्छ।”

घर-समाजका सबै घटना प्रहरी र अदालतसम्म पुग्दैनन्। समाजका निकै कम घटना मात्रै सरकारी निकायमा पुग्छन्। त्यसमा पनि दम्पतीको मामिला व्यक्तिगत भन्दै गाउँघरमै सामसुम पार्ने गरन्िछ। त्यसैले माथिको तथ्यांक छिटपुट घटनाको मात्रै हो। यति हुँदा पनि वाषिर्क हजारौँ दम्पती अदालत र प्रहरीसम्म उपचार खोज्न पुग्छन्। अझ, करबि ६ हजार दम्पती कानुनी रूपमा छुट्टन्िछन् भने वर्षमा साढे तीन सय महिलाले आफ्नो श्रीमान्को विवाहेतर सम्बन्धलाई वैधता दिन अस्वीकार गरेको देखाउँछ। र, यो दर बर्सेनि उकालो लागिरहेको छ -हेर्नूस्, रेखाचित्र)। यसले पनि जीवनभर सँगै रहने कसम खाएर गरनिे विवाहहरू दुर्घटनाग्रस्त हुने क्रम एकपछि अर्को बढेको प्रस्ट्याउँछ। प्रकारान्तरले यो पनि विवाहेतर सम्बन्धको बढ्दो क्रमकै द्योतक हो।

‘लिभिङ् टुगेदर’को तनाव
प्रहरी र महिला आयोगमा परेका घरेलु हिंसाका उजुरीमध्ये अधिकांश पतिपत्नीको बाह्य सम्बन्धकै कारण उब्जिएका विवाद छन्। आयोगकी अध्यक्ष शेष चाँदतारा भन्छिन्, “आयोगमा परेका उजुरीमध्ये ९० प्रतिशत बाह्य सम्बन्धकै उपज हुन्।” आयोगमा आर्थिक वर्ष ०६७/६८ मा घरेलु हिंसा र महिला हिंसामा ३ सय ३७ उजुरी परेका थिए। डेढ वर्षअघि महिला आयोगका लागि ‘लिभिङ् टुगेदर’बारे अनुसन्धानका क्रममा तीन किसिमका बाह्य सम्बन्ध राख्ने विवाहित व्यक्तिहरू भेटिएको पूर्वनायव महान्यायाधिवक्ता चेतनाथ घिमिरे बताउँछन्। ती हुन्, रोजगारका लागि सहर छिरेका पुरुष, वैदेशिक रोजगारका लागि बाहिरएिका र उच्च मध्यमवर्गीय महिला।

घिमिरेका अनुसार गाउँबाट सहर छिरेका पुरुष शारीरकि आवश्यकताका लागि त्यस्तो सम्बन्ध गाँस्छन् भने पति वैदेशिक रोजगारमा गएका महिलाहरू शारीरकि आवश्यकतासँगै सुरक्षाको लालसाले। “पति विदेश गएपछि महिलाले आफूलाई असुरक्षित ठान्ने रहेछन्। त्यसैले कुनै पुरुषको सहायता खोज्छन्,” घिमिरे भन्छन्, “त्यसपछि उनीहरू सँगै रेस्टुराँ र सिनेमा हल पुग्छन्। अनि, अन्तरंग सम्बन्धसमेत कायम गर्छन्।” बाह्य सम्बन्धमा रहेका उच्च तथा मध्यम वर्गीय महिलाले भने पतिबाट यौन सन्तुष्टि पाउन नसकेका कारण विकल्प खोजेको अनुसन्धानका क्रममा खुलेको थियो। “यीमध्ये पनि बढीजसोले पतिले चाल नपाउने गरी धनाढ्य व्यक्तिसँग सम्बन्ध कायम गरेको पाइयो,” घिमिरे थप्छन्।

समाजको चरत्रि, संरचना, आर्थिक क्रियाकलापमा व्यक्तिको पहुँचमा आएको फेरबदलले पनि धेरैलाई आफ्नो वैवाहिक सम्बन्धको घेरा तोड्ने अवसर र प्रेरणा दिइरहेको छ। विवाह, यौन, प्रेम, दाम्पत्य सम्बन्धबारे कतिपय पुराना मान्यता भत्किँदै छन् भने नयाँ स्थापित भइसकेका छैनन्। धर्म र पापको अवधारणाले समाजलाई धेरै हदसम्म अनुशासनमा बाँधेको थियो। तर, अहिले ती मान्यता हराउँदै छन्। कुनै बेला सबैजसो नेपालीको पेसा कृषि थियो। पतिपत्नी प्रायः सँगसँगै कार्यक्षेत्रमा हुन्थे। कम्तीमा दिनभर िआ-आफ्नो काममा खटिए पनि साँझ जसरी पनि एकठाउँमा भेला हुन्थे। भावना साटासाट गर्थे। मनमा लागेका कुरा ठाउँको ठाउँ भन्न सक्थे। ती अवसर आपसी आशंका मेट्ने वा प्रस्टीकरण दिने अवसर पनि थिए। सजिलो-अप्ठ्यारो, क्रिया-प्रतिक्रिया, सुख-दुःख हरेक चरणमा साथै हुन्थे। हदै भए १० देखि ५ बजेसम्मको सरकारी जागिर खान्थे। तर, आजका दम्पतीको दैनिकी र कार्यक्षेत्र मात्रै बदलिएको छैन, सोचाइ र व्यवहारमै आनका तान फरक परेको छ।

त्यसमा पनि रोजगारमुखी बन्दै गएको दम्पती कामको सिलसिलामा धेरै समयका लागि टाढाटाढा पनि पुग्न थालेका छन्। रात, दिन, नजिक, टाढा नभनीकन उनीहरू आफ्नो काममा खट्छन्। “हरेक मान्छेलाई गाँस, बास, कपासपछि प्रेम, यौन र भावनात्मक सम्बन्धको खाँचो पर्छ,” प्रजनन स्वास्थ्य परामर्शदाता रेखा जोशी भन्छिन्, “लामो समय पति वा पत्नीसँग टाढा हुँदा जो नजिक छ, उसैसँग भावनात्मक र संवेगात्मक लगाव बढ्न पुग्छ।” घर-परिवारलाई पर्याप्त समय दिन नसक्नु विवाहेतर सम्बन्धको एउटा कारण मान्छिन्, जोशी।

नयाँपन खोज्दै सम्बन्ध
अधिकारकर्मी एवं अधिवक्ता सपना प्रधान मल्ल दाम्पत्य सम्बन्ध र मायाको अभिव्यक्ति निरस भएमा मानिसहरू नयाँपनको खोजीमा अरूको संगतमा पुग्ने गरेको बताउँछिन्। “हामीमध्ये धेरैले सम्बन्धलाई पुनःताजगी दिइरहेका हुँदैनौँ। मेरै त हो नि, जसरी राखे पनि भइहाल्छ नि भन्ने सोचिरहेका हुन्छौँ,” उनी भन्छिन्, “तर, मान्छेको मन नयाँ कुराप्रति आकषिर्त हुन्छ र यही चाहनाले उसलाई बाह्य सम्बन्ध स्थापित गर्न प्रेरति गररिहेको हुन्छ।”

उनको विश्लेषणमा, महिलाका आर्थिक क्रियाकलापमा पहुँचसँगै स्वतन्त्रतासमेत ल्याइदियो। गृहिणी र खेतीपातीको काममा खुम्चिएका महिलालाई थोरै संख्यामा भए पनि कामकाजी तथा आत्मनिर्भर बनाइदियो। “बाह्य सम्पर्क बढेपछि त्यसले सम्बन्धको संरचनामा समेत असर गर्ने नै भयो,” उनी भन्छिन्, “अहिले महिलाहरूले मेरो अर्को व्यक्तिसँग सम्बन्ध छ, त्यसैले म सम्बन्धविच्छेद गर्न चाहन्छु भनेर ठाडै जाहेरीसमेत दिन थालेका छन्।”

अधिकारप्रतिको सचेतना, सम्मानपूर्ण व्यवहारको अपेक्षा, व्यक्तिगत इच्छाविपरीत कुनै पनि कार्य नसहने मान्यता र अवधारणाले सम्बन्ध बढी स्वच्छन्द बन्दै गएको मल्लको ठहर छ। महिला आयोगकी सदस्य मोहना अन्सारी दोहोरो सम्बन्ध राख्ने महिला र पुरुष दुवैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पक्षमा छिन्। भन्छिन्, “युरोपतिर सम्बन्धविच्छेदलाई खुकुलो बनाइएको छ तर पतिपत्नी सँगै हुँदाहुँदै बाहिर सम्पर्क गर्न छूट छैन।”

सहरका भित्री गल्लीदेखि जंगल र खेतका बीच, नदीका किनार, पहाडका टाकुरासम्म फैलिएका होटल, लज, रेस्टुराँ र रसिोर्ट विवाहेतर सम्बन्धका लागि उचित गन्तव्य बनेका छन्। कतिपयले बाह्य सम्बन्धकै लागि महँगा अपार्टमेन्टसमेत भाडामा लिएको पाइन्छ। केही उद्यमी-व्यवसायी तथा सार्वजनिक चिनारी भएका सेलिबि्रटीहरूले गोपनीयताकै लागि आफ्ना यौनसाथीलाई निश्चित अवधिमा भारतका विभिन्न सहर, थाइल्यान्डको बैंकक, मलेसिया, सिंगापुरलगायत मुलुकमा समय बिताएर समेत सम्बन्धलाई निरन्तरता दिइरहेका छन्।

काठमाडौँका उच्च घरानियाँभित्र कुन हदसम्मका घटना भेटिएका छन् भने पति र पत्नीले सहमतिमै फरक यौनसाथी रोजेर राख्ने गरेका छन्। “झट्ट हेर्दा ती व्यक्ति अहिले पनि पतिपत्नीजस्ता देखिन्छन्। एउटै गाडीमा भोजभतेर वा पारिवारिक जमघटमा सामेल हुन्छन्,” एक वरष्िठ अधिवक्ता भन्छन्, “तर, घर पुगेपछि उनीहरू अलग-अलग सुत्छन्।”

समाजको एक तहमा छाक टार्नका लागि यौन व्यवसायमा लाग्नुपर्ने बाध्यता छ। कतिपय पुरुषले पत्नीलाई नै देहव्यापारमा लगाएका घटना पनि सार्वजनिक नभएका होइनन्। “तर, समाजको तल्लो वर्ग र सडकमा के कति भएको छ भन्ने कुराले खासै अर्थ राख्दैन र यसले विवाहेतर सम्बन्धको प्रमुख प्रवृत्तिको प्रतिनिधित्व पनि गर्दैन,” महानगरीय प्रहरी अपराध महाशाखाका वरष्िठ उपरीक्षक देवेन्द्र सुवेदी भन्छन्, “उच्च आर्थिक हैसियत भएको वर्ग जुन छ, त्यहाँ यो समस्या डरलाग्दो छ।” meromalika.blogspot.com/ 


  •  
  •  
  •  

Comments are closed.