भावी सेनापतिमा क्षेत्री पक्का

212
  •  
  •  
  •  

timthumbकाठमाडौं १९ माघ : नेपाली सेनाका रथी पवनबहादुर पाण्डेले आजबाट अनिवार्य अवकाश पाउँदै छन् ।  उमेर हदका कारण उनले आजबाट अनिवार्य अवकाश पाउँदै छन् ।  उनको अनिवार्य अवकाशपछि नेपाली सेनाको रथीमा हालका उपरथी राजेन्द्र क्षेत्रीको बढुवा हुने भएको छ । उनलाई यसै साता बढुवा गर्ने सरकारको तयारी छ ।

नेपाली सेनाको स्थापित प्रचलनविपरीत उनी एक दिन पनि बिदा नबसी अन्तिमसम्मै कार्यालयमा हाजिर भएर राजनीतिक दल र सरकारसँग उमेर हद बढाउन ठूलो प्रयत्न गरेका थिए।
स्रोतका अनुसार कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालादेखि एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीसम्मले उनको म्याद थप गर्न सरकार र राष्ट्रपति दुवैतिर दबाब दिएका थिए।
नेपाली सेनाको पुनर्ढांचा प्रस्ताव केही समयका लागि अल्झेपछि त्यसको एनेक्समा एउटा बुँदा थप गरी रथी दर्जाको उमेर ५९ वर्ष पु:याउने प्रयास गरिएको थियो। प्रधानमन्त्री सुशील कोइरालाले समेत नियमले मिल्ने भए गरौं भन्दै नरमपन देखाएपछि पाण्डेले अन्तिम दिनसम्म पनि प्रयास जारी राखेका थिए। रथीमा बढुवा भएपछि आगामी भदौं १० गते हालका प्रधानसेनापति गौरवशमशेर राणाले अवकाश पाएपछि क्षत्री नेपाली सेनाको प्रधानसेनापति हुने निश्चितप्राय छ ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकमा ठाडो प्रस्तावका रूपमा पेस गरी तत्काल नियममा संशोधन गर्ने प्रयास प्रशासनिक समितिको बैठकबाट निर्णय गराउनुपर्ने तर्कका कारण सफल भएको थिएन।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार क्याबिनेट निर्णय गरेरमात्र सैनिक संरचनामा हेरफेर गर्न नहुने अडान राख्दै राष्ट्रपति यादवले एेनले निर्दिष्ट गरेको विषयमा एेन नै संशोधन गनुपर्ने बताएपछि उमेर थप प्रयास सफल हुन सकेन।
रथी पदमा एक वर्ष उमेर बढाउन सकेको भए उनी आगामी भदौ २४ गते प्रधानसेनापति गौरवशमशेर राणाले अवकाश पाउनासाथ सो पदम पुग्थे। सैनिक मुख्यालयले उमेर थप गर्नेबारे रक्षा मन्त्रालयमा लिखित पत्राचार गरेको थिएन। सैनिक नेतृत्वको स्थापित स्वाभाविक प्रक्रियामा असर पुग्ने भन्दै सेनापति राणाले पत्राचार गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ।

अन्नपूर्ण/नेपाल समाचारपत्रबाट


  •  
  •  
  •