मोदीविरूद्ध बेलायतमा नेपालीको कडा प्रदर्शन (भिडियोसहित)

281
  •  
  •  
  •  

लण्डन, २७ कात्तिक(ओएनएस) : तीन दिने बेलायत भ्रमणका लागि लन्डन पुगेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विशाल विरोध प्रदर्शन गरेका छन् ।

भारतले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दीको विरोधमा नेपालीले बिहीबार बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिट अगाडि मध्यान्ह १२ बजे देखि शान्तिपूर्ण आन्दोलनमा गरेका हुन् ।

बेलायतका विभिन्न सहरबाट आएका नेपालीहरूले मोदी र भारतको विरोधमा लेखिएका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुलाई भारतीय सिख समुदायले समेत साथ दिएका थिए । प्रदर्शनका कारण बेलायती संसद र प्रधानमन्त्री कार्यालय पुरै अस्तव्यस्त भएको थियो भने सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो ।

प्रदर्शनका लागि गैरआवासीय नेपाली संघ बेलायत, प्रवासी नेपाली मञ्च यूके, नेपाली जनसम्पर्क समिति, बेलायतसहित यूकेका प्रमुख तीन दर्जन बढी नेपाली संघसंस्थाले ऐक्यवद्धता जनाउंदै सहभागीता जनाएका थिए । तीन युवा विज्ञान प्रसाईं, एभरेष्ट गौतम र गणेश खड्काले प्रदर्शनको तयारीमा विशेष सक्रियता देखाएपछि अन्य संघसंस्था र युवाहरु स्वतस्फूर्त सहभागी भएका थिए ।


  •  
  •  
  •