७९ डीएसपीको सरुवा(हेर्नुहोस् सूचीसहित)

283
  •  
  •  
  •  

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७९ नायब उपरीक्षक(डीएसपी)को सरुवा गरेको छ । बिहीबार साँझ निकालिएको सरुवाअनुसार १५ जिल्लाका प्रहरी प्रमुख फेरिका हुन् ।

सोलुखुम्बुमा नारायण चिमरिया, बझाङमा गणेश बम, रोल्पामा चित्रबहादुर गुरुङ, ताप्लेजुङमा ज्ञानेन्द्र फुँयाल, सल्यानमा ढकेन्द्र खतिवडा र दधिराम न्यौपानेको डडेल्धुरामा सरुवा भएका छन् । यस्तै नविनकिशोर प्रधान तेह्रथुममा, नरेन्द्र कार्की प्युठानमा, श्यामबाबू ओलिया कालिकोटमा, सिद्धराज न्यौपाने पाँचथरमा र हरी ओली दैलेखमा सरुवा भएका छन् ।

डोल्पामा नारायण रन्जितकार, मुगुमा भुवनेश्वरप्रसाद शाह र जुम्लामा लालबहादुर धामीको सरुवा भएको छ । काठमाडौं उपत्यकाभित्र चापागाउँ, कालिमाटी, महाराजगन्ज, कमलपोखरी, जगाती वृतका प्रमुख फेरिएका छन् ।

हेर्नुहोस् सूची

 


  •  
  •  
  •