साना तथा मझौला उद्यमीहरुलाई तालिमको व्यवस्था गर्नुपर्नेमा जाेड

286
  •  
  •  
  •  

काठमाडाैँ, १५ बैशाख (अाेएनएस) : नेपाल घरेलु तथा सानाउद्योग महासंघका उपाध्यक्षमोहन कटुवालले लघु तथा साना उद्योगको लागि सरकारले उदार नीति अवलम्बन गरेकाे धारणा राखेका छन् ।

शनिबार काठमाडाैँमा अायाेजित एक अाैपचारिक कार्यक्रममा उपाध्यक्ष कटुवालले यस्तो बताएकाहुन् । उनले भने,‘अरु देशको उत्पादन भन्दा हाम्रो देशकाउत्पादनहरु धेरै राम्रा छन्, यसको पहिचान गर्नु आजको आवश्यकत्ताहो।’ उद्यमीहरुलाई अब प्रवविधिमैत्री बनाउनुपर्ने बताउँदै उनले आगामीदिनमामहासंघले सो कुरामा समेत विशेष पहलगर्ने विश्वास दिलाए । उनले सरकारले तत्काल एकल विन्दु सेवालागु गर्नुपर्ने बताए ।

हिजोबाट आगामी बैशाख १८ गतेसम्मको लागि भृकुटिमण्डपमा सुरु भएको नेपाल १४ औं अन्तर्रा्ट्रिय औद्योगिकव्यापार मेलातथा घरेलु उद्योग महोत्सवको उद्देश्यबारेमा समेत उनले विशेष जानकारी गराए । महोत्सवले नेपालमा उत्पादन भएका स्वदेशी वस्तुहरुको बजारीकरणको लागि काम गर्ने पनि उनको भनाई थियो । त्यस्तै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घरेलु वस्तुहरुको बारेमा जानकारी महोत्सव मार्फत हुने आफूहरुले विश्वास लिएको उपाध्यक्ष कटुवालले जनाए ।

उक्त मेलामा करिब तीन लाखले अवलोकन गर्ने र दश करोडको व्यापार हुने आफूहरुको विश्वास रहेको कटुवालले बताए । त्यस्तै उनले लघु, घरेलु तथा सानाउद्योगलाई बेवास्ता गरेर मुलुक अघि बढ्न नसक्ने ठोकुवा गरे ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सल्लाहकार राजन शर्माले जिल्लास्तर माउत्पादन भएका वस्तुहरुलाई व्यापक प्रचारप्रसार तथा बजारीकरण गर्न यो महोत्सवले विशेष योगदान पुर्याउने विश्वास दिलाए ।

कानूनी रुपबाट सरकारले घरेल तथा साना उद्योगलाई सहजीकरण गर्नुपर्ने उनको सुझावथियो । साना तथा मझौला व्यवसायी तथा उद्यमीहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भने,‘घरेलु उद्योग देशको मेरुदण्ड हो, कच्चा पदार्थहरु महँगो छ, सरकारले यसको आयातमा विशेष छुटको व्यवस्थागर्नुपर्छ।’


  •  
  •  
  •