इराकमा मारिएका १२ नेपालीको कथा हलमा लाग्ने पक्का

96
  •  
  •  
  •  

काठमाडौं २ भदौ (ओएनएस) : लामो समयदेखि सेन्सर हुन नसकेको नेपाली फिल्म ‘१२ नेपाली एक चिहान’ अन्तत सेन्सर हुने भएको छ । सेन्सर बोर्डले फिल्म हेर्नका लागि प्रदर्शन योग्य छ भन्दै ‘पीजी’ प्रमाणपत्र प्रदान गरेको छ । २०६१ सालमा वैदेशिक रोजगारीका सिलसिलामा इराक पुगेका १२ नेपालीको हत्याको बिषयमा बनेको फिल्मलाई मृतकका परिवारले सेन्सर नगर्न अनुरोध गरेपछि फिल्मको सेन्सर रोकिएको थियो ।

मृतकका परिवारले अमेरिकामा चलिरहेको मुद्दा प्रभावित हुने भन्दै नेपाल सेन्सर वोर्डलाई फिल्म रोक्न आग्रह गरेपछि फिल्मका प्रोमेलाई अलनाइनबाट समेत हटाईएको थियो ।

मृतकका परिवार, सेन्सर वोर्ड र निर्देशकको संयुक्त टोलीले फिल्मका केही दृश्यमा परिवर्तन गरेपछि फिल्म अन्तत प्रदर्शन हुन पाउने भएको छ । मंसिरमा प्रदर्शनको तयारी भइरहेको फिल्मलाई संगीता प्रधानले निर्माण गरेकीहुन् । राजन खतिवडा, उत्तमजंग लिम्बु, विक्रम सिंह लगायतको अभिनय रहेको फिल्म असोज ५ मा हङकङमा प्रदर्शन हुनेभएको छ ।


  •  
  •  
  •