नेताहरु किन लगाउँछन् औंठी

286
  •  
  •  
  •  

काठमाडौं ५ पुस ।

नेपाली नेताहरु औँठीका सौखिन छन् । उपराष्ट्रपति परमानन्द झा,प्रधानमन्त्री सुशील कोइराला,संविधानसभा अध्यक्ष सुवास नेम्वाङ,पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दसहित औँठी लगाउने नेताहरुको लामै सूची छ । उनीहरुको औँठी प्रसंग पनि रोचक छन् । कतिपयले ज्योतिषको सल्लाहमा राशिअनुसारको पत्थरजडित औंठी भिरेका छन्,कतिपय आफ्नो औंठीलाई प्रेमको प्रतिक बताउँछन् भने कतिले उपहार पाएर लगाएका छन् ।

धेरै नेताले श्रीमतीको सिफारिसमा औंठी लगाएका छन् । पूर्वमन्त्री तथा तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले हातका सात औंलामा औंठी लगाएका छन् । सातवटै औंठी फरकफरक धातुका छन् । मन्त्री हुँदा मन्त्रिपरिषद् ,दलहरुको बैठकदेखि कार्यकर्तामाझसम्म उनले लगाएका औंठीबारे चर्चा हुन्छ । प्रधानमन्त्री सुशील कोइरालाले दायाँ हातको चोर र साइली औंलामा औंठी लगाएका छन् । औठी लगाउका नेताहरुका औठी प्रसंग रोचक छन् । अधिकांसले श्रीमतिको सिफारिसमा औठी लगाउने गरेका छन् ।

उनका औंठीका बारेमा पनि बेलाबेला चर्चा हुने गरेको छ । प्रधानमन्त्री भइसकेपछि आफूसँग तीनवटा मोवाइल सेटमात्र भएको सम्पत्ति विवरण पेस गरेपछि सामाजिक सञ्जालमा कोइरालालाई प्रश्नका खात लागे ,‘तपाईंका हातमा भएका औंठीचाहिँ कसको सम्पत्ति हो नि प्रधानमन्त्रीज्यू ?
प्रधानमन्त्रीले लगाएको औठीका बारेमा सोध्दा उनका प्रस सल्लाहकार प्रकाश अधिकारी उल्टै जंगिए नयाँपत्रिकाबाट


  •  
  •  
  •