गृहयुद्ध चर्किएको यमनमा १८ नेपाली सरकारको सम्पर्कमा, ९ को सुरक्षित उद्दार

135
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : गृहयुद्धमा फसेको मुलुक यमनमा अहिलेसम्म १८ जना मात्र नेपाली रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार अहिलेसम्म नौं नेपाली सुरक्षित अवस्थामा पुगेको र केही दिन भित्रै भारतीय कामदारसँगै भारतसम्म आएर नेपाल फर्कने बताए ।

‘अहिलेसम्म हाम्रो सम्पर्क र त्यहाँ रहेका नेपाली कामदारको जानकारीमा १८ जना नेपाली रहेको जानकारी प्राप्त भएको छ’, परराष्ट्र मन्त्री पाण्डेले भने, ‘त्यस मध्ये दुईजना केही दिनमा फर्कने क्रममा छन् र बाँकी पाँच जनालाई त्यहाको कम्पनीले फिर्ता आउने खर्च बेहोर्ने भएको जानकारी प्राप्त बाँकी दुई जना बेखर्च भएकाहरुलाई पनि प्रहरीले खाने व्यवस्था गरेको छ ।’

उनले बाँकी सम्पर्कमा नआएकाहरुलाई पनि भारत, पाकिस्तान र चिनसँग आग्रह गरिएको भन्दै उनीहरुकै कामदारसँगै अनुकुल बनाउने गरी स्वदेश फकाईने जानकारी दिए ।

विगतमा इराक युद्धका क्रममा यहाँबाट प्रतिनिधि नैं पठाएर कामदारको उद्दार गरिएको यस पटक किन हुन सकेन त ? भन्ने प्रश्नमा पाण्डे भन्छन्, ‘विगतमा पाकिस्तान मिसनबाट उद्दार गरिएको हुँदा टाढा भएकाले प्रतिनिधि नै खटाएर उद्दार गरिएको थियो, अहिले साउदी मिसन नजिक रहेकाले त्यहीबाट काम गर्न लागिएको हो ।’

मन्त्री पाण्डेले प्रचण्डमान श्रेष्ठ र श्रेष्ठ सरिता श्रेष्ठ ब्रिटिस एनजीओमा काम गर्ने गरेकोमा उनीहरुनै पहिलोपटक सम्पर्कमा आएको र उनीहरुबाटै बाँकी जानकारी प्राप्त भएको बताए । उनीहरु भारतीय जहाजमार्फत सुरक्षीत फिर्ता हुँदैछन् । त्यस्त,ै बाँकी सात नेपालीहरु पनि भारतको जहाजमा चढेर हिडिसकेको मन्त्री पाण्डेले बताए ।

मन्त्री पाण्डेले सुरक्षीत उद्दार भएकाहरुमा प्रचण्डमान श्रेष्ठ, राधीका श्रेष्ठ, गुणदास श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, अनिल विश्वकर्मा, मानोज भटट्राई, लेखनाथ खनाल, प्रकाश डोटेल र सन्तोष जी.टी रहेको जानकारी दिए । यस्तै सन्तोष पाण्डे, खुमानन्द पौडेल, प्रभुप्रसाद चौधरी, मधु अर्याल, प्रभुप्रसाद चौधरी, रोसन कुमार विष्टलगायत नौं जना सम्पर्कमा रहेपनि फर्कन बाँकी रहेको बताए ।

मन्त्री पाण्डेलाई युवा संघ नेपाल काठमाडौं जिल्ला समितिले सुक्षित रुपमा फर्काउन ध्यानार्षण गराएको थियो । संघका अध्यक्ष नितेश पौडेलले नेपालीहरु स्वदेशमा रोजगारी नहुँदा, असुक्षित रुपमा श्रम संझौता नभएको मुलुकसम्म पुग्ने गरेको तथा कतिपय अवस्थामा त्याहाँको गृहयुद्धको समेत सिकार हुने गरेको भन्दै सुरक्षीत उद्धारका लागि आग्रह गरेका थिए ।


  •  
  •  
  •