करकापमा नांगिने हो

91
  •  
  •  
  •  

काठमाडौं ३१ असोज ।
थुप्रै फिल्ममा स्कर्ट लगाएर अभिनय गरेकी अभिनेत्री झरना थापाले ‘ओम’ लगायत केही फिल्ममा बेडसिनसमेत दिएकी छिन्। बेडसिन दिनेबित्तिकै हिरोइनको आलोचना सुरु हुन्छ भने कतिपय हिरोइनले त्यही आलोचनालाई पनि चर्चामा आउने मेलो भन्ठान्छन्।

तर, नायिका झरनाले भने बेडसिन दिँदा र छोटो लुगा लगाउँदा करकापमा परेको गुनासो गरेकी छिन्। ‘बेडसिन हिरोइनको रहर नभएर बाध्यता हो, निर्माता–निर्देशकले भनेको टार्न नसकेरै हामी बेला मौकामा छोटो लुगा लगाउँछौँ,’ उनले भनिन्।
तर, आफूलाई यसरी छोटो लुगा लगाउन बाध्य पार्ने निर्माता– निर्देशकको नाम भने लिन चाहिनन्। उनले आग्रह गरिन्, ‘हिरोइनको लुगा छोटो भयो भनेर उसलाई मात्रै गाली नगर्नुस्।’ हरेक ग्ल्यामरस सिनमा अभिनय गर्न गाह्रो लाग्ने बताउने झरना नेपालकी सज्जन हिरोइनका रूपमा चिनिन्छिन्। शुक्रबारबाट


  •  
  •  
  •