फेसबुकमा के गर्छन् नेपाली अभिनेत्री ?

290
  •  
  •  
  •  

काठमाडौं, २२ भदौ (ओएनएस) : सामाजिक संजालले नेपाली अभिनेत्रीलाई समेत सक्रिय बनाएको छ । अभिनेत्रीको जीवनमा घटेका हरेका घटनाबारे जानकारी पाउनु छ भने फेसबुक खोले मात्र पुग्छ । त्यसमा पनि आजभोली फेसबुकमा आफ्ना राम्रा राम्रा तस्विर पोष्ट गर्नु उनीहरुको दैनिकी बनेको छ । दुई बर्ष अगाडी मात्र फेसबुकमा देखिन थालेकी करिश्मा मानन्धर पनि सक्रिय हुन थालेकीछन् । ‘आजभोली फेसबुकमा रमाउन रमाइलो लाग्छ । दर्शकसँग साक्षात्कार गर्ने माध्यम पनि बनेको छ यो ।’ त्यसैगरी अभिनेत्री गरिमा पन्त त फेसबुकमा अनलाईन नहुँदा कस्तो कस्तो लाग्न थालेको छ ।

rekhaरेखा थापा फेसबुक अपडेटमा सबैभन्दा अगाडी छन् । उनी अरुलाई गाली पनि फेसबुकबाटै गर्छिन । त्यतिमात्र होइन प्रसंसा समेत गर्न भ्याइहाल्छिन् । पछिल्लो समय उनी ‘हिम्मतवाली’ को प्रमोशन फेसबुकबाटै गर्छिन् । ‘पैसा खर्च गरेर किन प्रमोशन गर्ने ? फेसबुक छ दै छ नी । मेरा दर्शक मेरो फेसबुकबाटै अपडेट हुन रुचाउछन् ।’

त्यस्तै अभिनेत्री नम्रता सापकोटा आफ्नो तस्विर पोष्ट गर्न होस् या स्ट्याटस लेख्न होस् फेसबुकको प्रयोग बढी गर्ने गर्छिन । ‘फेसबुक त सबैभन्दा प्यारो मिडिया बनेको छ मेरो लागी । हरेक समाचार र घटना फेसबुकबाटै बढी थाहा पाउछु,’ भन्दै उनले फ्यानले लाइक र कमेन्ट बढी गरुन भनेरपनि तस्विर पो्ष्ट गर्ने गरेको सुनाइन् ।reema 1

त्यसै गरी अभिनेत्री प्रियंका कार्कीलाई फेसबुकले मोहनी लगाएको छ । उनी आफ्ना हरेक क्षण फेसबुकमा सेयर गर्न रुचाउछिन् । फिल्मका तस्विर हुन् या घरायसी उनी फेसबुकमा अपलोड गरिहाल्छिन् । नन्दिता केसी पनि के कम, उनी झन् आफ्ना हरेक तस्विर पहिला फेसबुकमा राख्छिन् । फिल्मको सुटिङ होस् या म्युजिक भिडियोको सुटिङ उनी फोटो फेसबुकमा राख्न भ्याइहाल्छिन् । त्यसैले उनलाई सबैभन्दा स्टाइलिस अभिनेत्रीको लिस्टमा राख्न थालिएको छ ।

ऋचा शर्मा पनि फेसबुकमा आफ्ना भावना र फोटो पोष्ट गर्न सिपालु मानिन्छन् । चाडवाड मनाएको तस्विर होस् या फिल्मका उनी राख्नreecha 1 भ्याइहाल्छिन् । त्यसो त उनको स्ट्याटस समेत बेलाबेलामा परिवर्तन भइरहन्छ । त्यसैगरी रिमा विश्वकर्मा सबैभन्दा बढी फेसबुक अपडेट गर्ने अभिनेत्रीमा पर्छिन । आफ्ना भावना देखि फिल्मका कुरा समेत उनी फेसबुक मार्फत सार्वजनिक गर्न खप्पिस छन् । ‘मलाई फेसबुकमा रमाउन मनलाग्छ । फेसबुकले सानो तिनो संचारमाध्यमको काम पनि त गरेको छ नी ? उनी फेसबुकको आवश्यकता समेत औल्याउन पछि पर्दिनन् ।

 

garima panta 5

garima panta 4namrata 3

reecha 1

reema 1

priyanka 3

priyanka 2

priyanka 1

namrata 5

namrata 4

namrata 2

karisma 4

karisma 3

karisma 1

garima panta 3

garima 6

 

तस्विर स्रोत : फेसबुक

 

 

 

 

 


  •  
  •  
  •