उमेर पुग्‍यो, ब्‍वाइफ्रेन्‍ड छैन

81
  •  
  •  
  •  

काठमाडौं १८ पुस ।
अविवाहित नायिका नन्दिता केसीलाई विवाह गर्न चाहने, प्रेम प्रस्ताव राख्नेको कमी छैन। उनका फ्यानका लागि माध्यम बनेको छ फेसबुक। तर, त्यस्ता म्यासेजको जवाफ त के हेर्न पनि भ्याउँदिनन् उनी।

एकजना फ्यान उनलाई सधैं म्यासेज गरिरहन्थे। अनेकन शब्द खर्चेर मीठामीठा भाषामा प्रेम प्रस्ताव राख्थे। नन्दिताले कुनै रेस्पोन्स नगरेपछि एक पटक ‘यो मेरो अन्तिम म्यासेज हो।

यदि रिप्लाई नगरे आत्महत्या गर्छु’ भनेर म्यासेज पठाए। नन्दित डराइन्। तापनि आफूलाई सम्हालिन्, यो धम्कीसिवाय केही होइन।
अहिलेसम्म कसैसँग मेरो प्रेमसम्बन्ध भएन। नाम जोडिएको पनि छैन। प्रेम गरेर अल्मलिनु हुन्न भन्ने मलाई सानैदेखि लाग्थ्यो। सायद अब एकै चोटि विवाह र त्यसपछि प्रेम पनि सुरु हुन्छ।
अर्घाखाँचीमा जन्मिएकी नन्दिताले १८ वर्षको उमेरमा चलचित्र ‘इन्द्रेणी’मा डेब्यु गरेकी हुन्। हामी तीन भाइ, वसन्त ऋतु, छोरीको कर्म, कर्मको फल, त्रिशूल, मालतीको भट्टी, बाटोमुनिको फूल, वशमा छैन यो मन, तिमीमात्र तिमी, पराई, सपना, जिन्दगानी दर्पण छाया, मृगतृष्णालगायत तीन दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनी चलचित्रमा आउनुको पनि रमाइलो संयोग छ।

२०६० सालतिर पाल्पामा प्लस टु गर्दै गर्दा उनको लक्ष्य नर्स बन्ने थियो। चलचित्रबाट अचानक प्रस्ताव आयो। पढ्न गएको मान्छे एकै पटक हिरोइन बन्ने आँट उनलाई आएन। प्रस्तावका बारेमा बुवालाई सुनाइन्।

विद्यालयका प्रिन्सिपल बुवा भीमबहादुर केसीले नन्दितालाई रोकेनन्। त्यसपछि सुरु भयो उनको चलचित्र कर्म। ‘बुवाको त्यो निर्णयले मेरो भाग्य बदलिदियो’, नन्दिता भन्छिन्।

अहिले घरघरमा टेलिभिजन, हातहातमा मोबाइल र इन्टरनेट भएकाले हरेक व्यक्ति मनोरञ्जन क्षेत्रसँग नजिक भएको उनको ठम्याइ छ। ‘चलचित्रमा नलागेको भए मेरो परिचय सीमित हुन्थ्यो।

म विवाह गर्न उमेर पुगेकी केटी हुँ तर अझै दुईतीन वर्ष विवाह नगर्ने सोचमा छु। परिवारले विवाहका लागि दबाब नदिएकाले केही वर्ष काम गर्न मलाई झन् सजिलो भएको छ।
यो क्षेत्रमा आएर मैले जेजति पाएको छु, सन्तुष्ट छु’, नन्दिता भन्छिन्, ‘नायिकाका रूपमा १० वर्ष काम गरे पनि सेक्सी र ग्ल्यामरस छवि बनाउने लालसा ममा आएन। चलचित्र क्षेत्रमा मेरो जस्तो छवि छ, त्यसैका आधारमा यहाँसम्म आएकी हुँ।’ अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •