नेपाली फुटबल टोलीलाई भब्य स्वागतको तयारी, नगर परिक्रमा गरिने

294
  •  
  •  
  •  

nepal won gold on footballकाठमाडौँ, ५ फागुन(ओएनएस) : साग फुटबलमा २३ वर्षपछि स्वर्ण पदक हासिल गर्न सफल नेपाली फुटबल टोलीलाई आज काठमाडौँमा भब्य स्वागत गरिने तयारी भएको छ । फुटबलतर्फको स्वर्ण पदक जित्न सफल नेपाली टिमलाई आज भव्य स्वागत गर्न लागिएको हो । टिमलाई स्वागतसहित नेपाली सेनाको गाडीमा राखेर नगरपरिक्रमा गराइनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आग्रहपछि सेनाले ५ ओटा पछिल्ला भागमा खुला रहेको गाडी उपलब्ध गराएको छ । आज झापाको भद्रपुरबाट घरेलु उडानमा टिम ३ बजेर ४० मिनेटमा काठमाडौँ आइपुग्नेछ ।

सेनाको ब्यान्डको टुकडीका साथै शसस्त्र प्रहरी बल (एपीएफ) ले भने पञ्जेबाजाले स्वर्ण विजेताहरु टिमलाई स्वागत गर्नेछ । एन्फाका अनुसार फुटबल टोलीको नगरपरिक्रमा त्रिभुवन विमानस्थलबाट सुरु भई तिलगंगा, गौशाला चोक, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी, पुलतीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धरा, न्यूरोड गेट, बीर अस्पताल, भोटाहिटी, जमल, केशर महल, नारायणहिटी संग्राहलय हुदै पुरानो बसपार्क हुदै फेरि भद्रकाली भएर शहिद गेट हुँदै त्रिपुरेश्वर दरबारथ रंगशालामा पुगेर सकिने छ ।


  •  
  •  
  •