नेपाली फुटबल टोलीको आज लाओससँग प्रतिष्पर्धा

173
  •  
  •  
  •  

काठमाडौँ, १६ जेठ(ओएनएस) : नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओसको राष्ट्रिय टोलीसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछन् ।

खेल लाओसको राष्ट्रिय रंगशालामा नेपाली समयानुसार आज बेलुकी साँढे ६ बजेदेखि सुरू हुनेछ । लाओसविरूद्धको खेलका लागि स्ट्राइकर अनिल गुरूङको कप्तानीमा नेपाली टोली लाओस पुगेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले अन्तराष्ट्रिय प्रतियोगिताबिहिन रहेको नेपाली टोलीलाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको चाँजोपाँजो मिलाएको हो । नेपालले दुई महिना अगाडि मलेसियाको यु-१९ टोलीसँग प्रतिष्पर्धा गरेको थियो ।

लाओसबिरुद्धको आजको खेल नेपाली टोलीका प्रशिक्षक ग्यातुकी कोजीको पहिलो अन्तर्राष्ट्रिय खेलपनि हुनेछ । यसअघि मलेसियाको उमेरसमूहको टोलीसँग नेपालले उनको प्रशिक्षणमा पहिलो खेल खेलेको थियो ।

पूर्वी एशियाली मुलुक लाओस फिफा बरियातामा १७६औं स्थानमा छ ।


  •  
  •  
  •