नेपाली ड्राइभर कतारमा फेल

605
  •  
  •  
  •  

काठमाडौं २८ मंसिर ।
नेपालमा बर्षौ गाडी चलाइसकेका चालक कतारको ट्राफिक नियम अनुसार गाडी चलाउन नसक्दा चालक अनुमति पत्र (लाइसेन्स) लिन असफल भएर स्वदेश फर्केने गरेका छन् ।

कतार सरकारले ट्राफिक ज्ञानको सैद्धान्तिक र ब्यबहारिक दुबै पक्षमा परिक्षा लिएपछि मात्रै लाइसेन्स दिने गरेको छ । धेरैजसो व्यवसायिक भनिएका डाइभरहरु पनि सैद्धान्तिक परिक्षामा फेल हुने गरेका छन् ।

‘ट्राफिक चिन्हहरु नबुझेर पनि फेल भएँ,’ पाँच बर्षदेखि झापामा गाडी चलाएका इटहरीका धनबहादुर गुरुङले भने,’मुख्य त भाषामा समस्या हुने गरेको छ ।’

एकपटक लाइसेन्स लिन कतारमा झन्डै एकलाख रुपैया लाग्ने गर्छ । ‘शुरुमा ४५ दिनको भर्ना गर्न ३ हजार रियाल खर्च गर्नुपर्छ’, चितवनका दिपेन्द्र भण्डारीले भने,’त्यसमा चार पटकसम्म परिक्षा हुदाँ फेल भइसके ।’

नेपाली डाइभरहरु ६/७ महिनादेखि डाईभिङ कक्षा लिदाँ पनि सफल हुन नसक्दा आर्थिक रुपमा झन धरासायी हुने गरेको छ । नेपाली दुताबासमा डाइभिङमा फेल भएपछि स्वदेश फिर्ता गर्नको लागि उजुरी लिन आउनेहरु धेरै छ । ‘डाइभिङमा आउनेहरुको समस्या बढिरहेको छ’, श्रम सहचारी लिलानाथ दाहालले भने,’उता म्यानपावरले सजिलै लाइसेन्स पाउछ भन्दै चर्को रकम लिएर पठाइदिन्छन् । यता लाइसेन्स निकाल्न नसकेर समस्यामा परेका छन् ।’

डाइभिङ प्रशिक्षकहरुका अनुसार बढी जसो सडकको लेन, चोक (राउन्डएबाउट) र सिग्नलमा फेल हुने गरेका छन् । ‘भित्र सामान्य अबस्थामा पास भइहाले पनि सकडमा लैजादा फेल भइदिन्छन्’, प्रशिक्षक दिनेश बस्नेतले भने,’सासानो त्रृटि भएपनि लाइसेन्स दिने कतारी प्रशासनको नियम छ ।’

कतारमा हुने सडक दुर्घटनालाई नियन्त्रण गर्न स्थानीय प्रशासनले लाइसेन्स दिन निकै कडाई गर्ने गरेको छ । ‘नेपालमा सजिलै लाइसेन्स पाइएको थियो’, धनकुटाका सन्तोष तामाङले भने,’३ बर्ष ट्याक्सी चलाइएको मान्छे यता फेल भइराख्नु पर्दा दुख लागेको छ ।’

उच्च गीतमा फराकिलो सडकमा गाडी चलाउदा बढी दुर्घटनामा पर्ने गरेको ट्राफिक बिभागले जनाएको छ । नेपालीको मृत्यु हुनेमा मध्ये ३० प्रतिशत सडक दुर्घटनामै परेर मृत्यु हुने गरेको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •