मलेसियामा एक नेपालीको मृत्यु

292
  •  
  •  
  •  

Ganesh Gurungमलेसिया, २३ माघ (ओएनएस) : मलेसियामा रोजगारीको लागि आएका एक नेपालीको बिहिबार दिउँसो मृत्यु भएको छ । पोखराका गणेश गुरुङको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

बिगत ७ वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएका गुरुङ दिउँसो साथिहरुसँग खाना खाएर सुतेका र कामको लागि साँझ साथिहरुले उठाउन खोज्दा मृत अवस्थामा भेटिएको आदिवासि जनजाति महासंघ मलेसियाका अध्यक्ष सुन्दर आलेले जानकारी दिए ।

गुरुङले क्वालालम्पुरको एक सिक्यूरिटी कम्पनीमा रात्रि ड्यूटी गर्ने र बाँकी समय प्रभु बिकास बैंकमा समेत काम गर्ने गरेको व्यवसायि एल. बी मगर ले बताए ।

नेपाली रेस्टुरेन्ट सोल्टीमा डेरा गरी बस्दै आएका गुरुङको शवलाई लाई पोस्टमार्टमको लागि प्रहरीले अस्पताल लगेको र मृत्युको बारेमा छानविन भैरहेको छ ।


  •  
  •  
  •