मलेसियामा फेरि अर्का नेपालीले गुमाए ज्यान

200
  •  
  •  
  •  

Nripमलेसिया, २३ माघ (ओएनएस) : मलेसियामा रोजगारीको लागि पुगेका कालिकोट स्थायी घर भएका एक नेपालीको मोटर साइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

कालिकोट लालु गाविस–४, बाहुनगाँउका नृप विष्टको बुधबार राति दुर्घटनामा परि ज्यान गरेको हो । २ वर्षदेखि मलेसियामा रहेका विष्ट केमरुन हाइल्याण्डको कम्पोराजा भन्ने स्थानको गार्डेनमा काम गर्दै आएको उनका साथी पदम बहादुर विष्टले जानकरी दिएका छन्

साथीहरुको कोठाबाट राती आफ्नो कोठामा फर्कने क्रममा मोटर साइकल दुर्घटना भएको र उपचारको लागि अस्पताल लैजादै गर्दा बाटो मै विष्टको ज्यान भएको तानाराता अस्पतालले पुष्टि गरेको छ ।

विष्टको शवलाई पोस्टमार्टमपछि अस्पताल मै राखिएको र आवश्यक प्रक्रियापछि नेपाल पठाउने मलेसियास्थित नेपाली दूतावासले बताएको छ ।


  •  
  •  
  •