डिभिजन थ्रीका लागि क्रिकेट टीम छनोट

723
  •  
  •  
  •  

काठमाडौं, ८ भदौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी डिभिजन थ्रीका लागि राष्ट्रिय टीमको प्रारम्भिक छनोट गरेको छ । क्यानले यही भदौ १२ गतेबाट काठमाडौं हुने बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको छनोट गरेको हो । टिममा यज्ञमान कुमाल नयाँ अनुहार हो भने अन्य खेलाडीले नेपाली राष्ट्रिय जर्सी लगाई सकेका छन् ।Paras Khadka

क्यानका कार्यबाहक महासचिब उत्तमकुमार कर्मचार्यले जारी गरेको विज्ञप्तिअनुसार टिम यसप्रकार छ । पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, विनोद भण्डारी, शक्ति गौचन, रामनरेश गिरी, बसन्त रेग्मी, सुवास खकुरेल, जितेन्द्र मुखिया, सागर पुन, महबुब आलाम, सोमपाल कामी, नरेश बुडाएर, आरिफ शेख, प्रदिप ऐरी, पुष्प थापा, अनिल मण्डल, अभिनाश कर्ण, अमृत भट्टराई, मनजित श्रेष्ठ, महेश क्षेत्री, राहुल विश्वकर्मा र यज्ञमान कुमाल बन्द प्रशिक्षणका लागि छानिएका छन् ।


  •  
  •  
  •