डिभिजन-२ जित्ने प्रत्येक नेपाली खेलाडीलाई १० लाख दिइने

210
  •  
  •  
  •  

cricket 10काठमाडौ, ९ पुस(ओएनएस) : सरकारले नामिबियामा आगामी जनवरीमा हुने एसीसी डिभिजन-२ क्रिकेटमा नेपालले उपाधी जिते खेलाडीलाई जनही १० लाख दिने घोषणा गरेको छ ।

खेलकुद मन्त्रालयमा डिभिजन-थ्री विजेता खेलाडीहरुलाई सम्मान गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले खेलाडीलाई १० लाख दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले खेलाडी तथा प्रशिक्षकलाई जनही एक लाखसहित सम्मान गरेका छन् । खेलाडी तथा प्रशिक्षकलाई जनही एक लाखसहित सम्मान गर्दै उनले नेपालको क्रिकेटले नेपालको खेलकुदमा उर्जा थपेको समेत बताए ।

कार्यक्रममा नेपाली टोलीका कप्तान पारस खड्काले क्रिकेटमा सधै एकनासको प्रदर्शन गर्न नसकिने बताएका छन् । उनले क्रिकेटमा कहिले राम्रो त कहिले नराम्रो प्रदर्शन हुने बताउँदै नराम्रो प्रदर्शन गर्दा गाली गर्ने संस्कारलाई भने अन्त्य गर्नुपर्ने बताएका छन् । उनले डिभिजन-टु मा पुगेपछि चुनौती झन् थपिएको बताएका छन् ।


  •  
  •  
  •