नेपाली क्रिकेट टाेलीकाे लक्ष्य एकदिवसीय मान्यतामा, आज पपुवा न्युगिनीसँग भिड्दै

269
  •  
  •  
  •  

काठमाडौं, १ चैत (ओएनएस): आइसिसी एकदिवसीय विश्वकप छनोट खेल खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोलीले आज प्लेअफको खेलमा पपुवा न्युगिनीसँग खेल्दैछ।

नेपाली समय अनुसार दिउस सवा एक बजे सुरु हुने खेल दुवै टोलीका लागि निकै नै महन्वपूर्ण रहेको छ। जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा हुने खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ। यस खेलमा नेपालले जित हात पार्न सफल भयाे भने र अर्काे खेलमा नेदरल्याण्डले हङकङलाइ पारजित गर्याे भने नेपालले एकदिवसीय मान्यता प्राप्त गर्नेछ। तर नेपालले यस खेल जित्याे र हङकङले नेदरल्याण्डलाइ पराजित गर्याे भने नेपालले र हङकङले एकदिवसीय मान्यताकाे खेल्नेछन्। सथै अाजकाे खेलमा नेपाल पराजित भएमा नेपालले एकदिवसीय मान्यता पाउनबाट असफल हुनेछ। त्यसैले नेपालकाे लागि अाजकाे खेल निकै नै महत्वपूर्ण रहेकाे छ।

यस अघि नेपालले समुह चरणका खेलहरुमा तिन खेलमा हार र एक खेलमा जित निकाल्दै सुपर ६ मा पुग्न असफल भएको थियो भने भने पपुवा न्यागिनीे समुह चरनका चारवटै खेलमा पराजित भएको थियो।


  •  
  •  
  •