कांग्रेसकै भरोसा बनेन कोइराला नेतृत्वको सरकार

284
  •  
  •  
  •  

काठमाडौं, ५ असार (ओएनएस) : नेपाली कांग्रेसका नेताहरुले सरकार गठनसँगै पार्टी कमजोर बनेको निस्कर्ष निकालेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले पार्टी र सरकार दुईटैलाई गतिहीन अवस्थामा पुर्याएको निस्कर्ष सहित प्रधानमन्त्री विरुद्ध मोर्चाबन्दीको तयारी भएको छ । कांग्रेस नेता अर्जुन नरसिंह केसी, शखेर कोइराला, प्रकाशरण महत लगायतका नेताहरुको गोप्य छलफलले प्रधानमन्त्री कोइरालालाई दवाव दिन प्रभावशाली नेताहरुको छुट्टै समुह बनाउने निस्कर्ष निकालेको छ । नेपाली कांग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र भागबण्डाको वेथितिले पुरै संरचना कमजोर बनेको बताए ।
उनले पार्टीलाई जोगाउन केही नेताहरु सक्रिय हुनु आबश्यक रहेको बताए । ‘अहिले सरकार गठनसँगै पार्टीभित्र हरेक क्षेत्रमा भागबण्डाको वेथिति देखिएको छ”केसीले भने, ‘प्रधानमन्त्री विरुद्ध मोर्चाबन्दी गर्नेभन्दा पनि पार्टीलाई जोगाउन केही साथीहरु सक्रिय छौ ।’
उनले सरकार गठनसँगै पार्टीको बैठक समेत बस्न नसकेकाले पुरै पार्टी पक्तिमा असन्तुष्टि बढेको पनि बताए । स्रोतका अनुसुार पार्टीका एजेण्डालाई सरकार मार्फत कार्यान्वयन गराउन औपचारिक दवावा समुह नै बनाउने तयारी छ । पार्टीका एजेण्डा लागु हुन्छ वा हुन्न भन्ने पनि पार्टीपक्तिलाई भरोसा नभएकाले समुह नै बनाएर अभियान चाल्नुपर्ने निस्कर्षमा नेताहरु पुगेको एक नेताले बताए ।

प्रधानमन्त्री विरुद्ध असन्तुष्ट बनेको उपसभापति रामचन्द्र पौडेललाई अघि सार्ने तयारीमा नेताहरु लागेका छन् । प्रधानमन्त्री कोइराला कार्यवाह सभापति दिने सहमति विपरित गएपछि उपसभापति पौडेल असन्तुष्ट बनेका छन् । कांग्रेस नेता केसीले अहिले कांग्रेस नेतृत्वको सरकार हो भन्न पनि आफुलाई अप्ठ्यारो लाग्ने गरेको टिप्प्णी गरे ।


  •  
  •  
  •