४५ औँ मेलमिलाप दिवस मनाइँदै

453
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले आज ४५ औँ मेलमिलाप दिवस मनाउँदैछ । पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएका दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी ४५औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।


  •  
  •  
  •