काँग्रेस केन्द्रीय समिति सरेको-सर्‍यै

123
  •  
  •  
  •  

Congress-flag_20100916083452काठमाडौं, १ फागुन (ओएनएस) : नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तेस्रो पटक  सरेको छ । काँग्रेसले फागुन ४ गतेको लागि बोलाइएको बैठक फागुन ६ गतेको लागि स्थगित गरेको हो ।

काँग्रेस मुख्य सचिव ऋषिकेश तिवारीले शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै बैठक सारिएको जानकारी दिएका हुन् । काँग्रेसले विशेष कारणवश भन्दै बैठक स्थगित गरेको जनाएको छ ।

पछिल्लो सययमा राजनीतिक दलहरुबीच विवाद बढिरहेको बेला आफ्नो रणनीति तय गर्न काँग्रेस केन्द्रीय बैठक महत्वपूर्ण मानिए पनि पटक–पटक स्थगित हुँदै आएको छ ।

त्यसअघि फागुन २ गतेको लागि बोलाईको बैठक फागुन ४ सम्मको लागि सारिएको । यस्तै माघ २६ गते बोलाइएको बैठक फागुन २ सम्म सरेको थियो ।

हेर्नुहोस् काँग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरिएका सुचनाहरु :-

माघ २३, २०७१

प्रेस विज्ञप्ति

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७१ माघ २६ गते सोमबारका दिन विहान ११ः३० बजे प्रधानमन्त्री निवास, वालुवाटारमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०७१ फागुन २ गते विहान ११ः३० बजे सोही स्थानमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

माघ २५, २०७१
प्रेस विज्ञप्ति
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७१ फागुन २ गते शनिबार विहान ११ः३० बजे प्रधानमन्त्री निवास, वालुवाटारमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०७१ फागुन ४ गते सोमबार विहान ११ः३० बजे सोही स्थानमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

१ फागुन, २०७१
प्रेस विज्ञप्ति
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७१ फागुन ४ गते सोमबार विहान ११ः३० बजे प्रधानमन्त्री निवास, वालुवाटारमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०७१ फागुन ६ गते बुधबार दिउँसो १२ः३० बजे सोही स्थानमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
ऋषिकेश तिवारी
मुख्य सचिव


  •  
  •  
  •