कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ गतेसम्मका लागि स्थगित

432
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । कात्तिक २४ गते सोमबार पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएकोमा कात्तिक २७ गते बिहीबारका लागि बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि पनि शीर्ष नेताहरूबीच केही विषयमा विवाद बढ्दा बैठक सारिँदै आएको थियो ।


  •  
  •  
  •