सांसद केसीको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

71
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर के.सी.को निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै कात्र्तिक १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मंगलबारको बैठकमा स्वर्गीय के.सी. प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको थियो ।

केसीको सोमबार राति १० बजे पोखरा महानगरपालिका वडा नं.७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भएको थियो । के.सी.ले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका थिए ।


  •  
  •  
  •