कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै, पार्टीभित्रको विवाद समाधानमा केन्द्रित हुने

72
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैठक पार्टीभित्रको विवादमा समाधानमा केन्द्रित हुनेछ ।

पार्टीको आन्तरिक विवादसँगै कांग्रेसले सरकारविरुद्धको आन्दोलन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा छलफल हुनेछ ।

पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा असहमति जनाउदै आएको छ । कार्तिक २१ गते बोलाइएको केन्द्रीय समिति बैठक अघि आफ्ना माग सम्बोधन हुनुपर्ने असन्तुष्ट पक्षको माग छ ।

कांग्रेसले १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यता टुंगो लागेको छैन ।

क्रियाशील र विजयकुमार गच्छदासँगको समायोजनका कतिपय काम नटुंगिएकाले महाधिवेशन समेत पछि धकेलिने सम्भावना छ । कांग्रेस नेताहरुले समेत फागुनमा महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन् ।


  •  
  •  
  •