काँग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

65
  •  
  •  
  •  

काठमाडौँ । नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

कात्तिक २१ गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्न सभापति देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

बैठक कात्तिक १७ गतेको लागि तय गरिएको छ । बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवसहित २७ केन्द्रीय सदस्यले बुझाएको पत्रको विषयमा समेत छलफल हुनेछ ।

गत असोज १२ गते २७ केन्द्रीय सदस्यले पार्टी विधान सम्मत सञ्चालन गरी १४ औँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गर्न माग गर्दै पत्र बुझाएका थिए । उक्त पत्रको विषयमा असोज १७ गतेपनि सभापति देउवाले शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।


  •  
  •  
  •