सहमति जुटाउन काँग्रेस हदैसम्म लचिलो हुने

75
  •  
  •  
  •  

Congress-flag_20131025042358काठमाडौं, २१ पुस (ओएनएस) : संविधानको विवादित विषयमा सहमति जुटाउन नेपाली काँग्रेसले हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले माघ ८ मा संविधान जारी गर्न राजनीतिक दलहरुसँग गर्ने छलफलमा हदैसम्मको लचक भएर प्रस्तुत हुने निर्णय गरेको हो ।

साथै दलहरुसँग गरिने बैठकमा दलहरुलाई अझ जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्ने पनि निर्णय भएको छ ।

बैठकपछि काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानको विवादको बिषयमा देखिएको विवाद मिलाउन काँग्रेस गंभिर भएको तथा अन्य पार्टीसँग गरिने छलफललाई निरन्तरता दिने र लचक रुपमा प्रस्तुत हुने निर्णय भएको जानकारी दिए ।

दलहरुबीच विवाद रहेको राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीमा काँग्रेस लचक हुन तयार रहेको पनि पौडेलले जानकारी दिनुभयो ।

दलहरुबीच यी विषयमा विवाद बढ्दै जाँदा माघ ८ मा संविधान आउने संभावना कमजोर बन्दै गएको छ । विवाद बढेपछि गत बिहिबार सभाध्यक्ष सुवास नेम्वाङले चार दिनभित्र सहमति गर्न वा आफुलाई मस्यौदा बनाउने अधिकार दिनको लागि कार्यव्यवस्था समितिको बैठकमा प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमा एमाले सकारात्मक देखिएपनि काँग्रेस, एमाओवादी लागयतका दलहरुले सभाध्यक्षले आफै अधिकार लिन्छु भन्नु अलोकतान्त्रिक भएको भन्दै आलोचना गर्दै आएका छन् ।


  •  
  •  
  •