सरकारमा जिम्मेवारीवोध र शासकीय क्षमता नभएको का‌ंग्रेसको निष्कर्ष

94
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारमा जिम्मेवारीवोध र शासकीय क्षमता नभएको निष्कर्ष निकालेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आमरण अनशनमा रहेका युवाहरुसँग तत्काल वार्ता गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाविरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको छ । पर्याप्त स्वास्थ सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कार्वाही, समुदाय स्तरमा व्यापक पीसिआर परिक्षण, आरडिटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्था, बिदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्वार, सिमा नाकामा कडाई, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू वक्तव्य, प्रत्यक्ष संवाद, संसदमा ध्यानाकर्षण देखि स्वदेश–बिदेशबाट एकसाथ ज्ञापनपत्र मार्फत नेपाली कांग्रेसले निरन्तर सरकार समक्ष प्रस्तुत गरेको छ । तर जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग देखिएन । परिणाममा सरकारका विरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक थियो ।’

विज्ञप्तिमा सरकार गम्भीर नहुनु अत्यन्तै दुःखद् भएको उल्लेख छ । ‘विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन् । त्यही माग अघि सारेका छन् जो विगत देखि दल र संचार माध्यमहरुले उठाउंदै आएका थिए । सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन् । तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ ।’


  •  
  •  
  •