विपक्षी दललाई कांग्रेसको चेतावनी

231
  •  
  •  
  •  

ललितपुर, ८ मंसिर (ओएनएस) : नेपाली कांग्रेसले बाजुरा र धादिङमा आफना कार्यकर्ताहरुलाई लक्षित गरी भएको भौतिक आक्रमणको निन्दा गर्दै त्यस्ता क्रियाकलाप नदोहो¥याउन चेतावनी दिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको एमालेको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ।’

बाजुराको बुढीगंगा नगरपालिका–१ मा बिहिबार राति ८ बजे एमालेका करिव ४० जना कार्यकर्ताको समूहको धारिलो हतियार प्रहारबाट कांग्रेसका स्थानीय कार्यकर्ताहरु कृष्णबहादुर थापा, अम्म थापा, निर्वाचित वडा सदस्य ललित थापा, गोपाल थापा, गोरे सनाई र लाल नेपाली घाइते भएको कांग्रेसले जनाएको छ । यो घटनामा डम्बर थापा, रमेश नेपाली र किसन नेपाली अझै सम्पर्क विहिन अवस्थामा रहेका छन । घाइतेहरुको जिल्ला स्वास्थ्य कार्यालय, बाजुरामा उपचार भइरहेको छ ।

त्यस्तै धादिङको धुवाकोट गाउँ कार्यसमितिका सभापति सन्तोष बस्ताकोटीलाई एमालेका वडा प्रमुख सहितको ९ जनाको समूहले शुक्रबार विहान ६ बजे सुतिरहेको अवस्थामा खुकरीसहितको धारिलो हतियारले आक्रमण गरी गम्भीर घाइते बनाएको र उनको टाउँकोको दाया भाग र दुवै खुट्टामा गहिरो घाउ लागेकोे कांग्रेसले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारवाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।


  •  
  •  
  •