विवादित विषयमा काँग्रेस लचिलो हुने

170
  •  
  •  
  •  

Congress-flag_20131025042358काठमाडौँ, २८ मंसिर (ओएनएस) : संविधान निर्माणका विवादित विषयमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस लचिलो हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुटारमा आइतबार बिहान बसेको संसदीय दलको बैठकमा संविधानका मुख्य विवादित विषयमा सहमति जुटाउन कुन–कुन विषयमा कति हदसम्म लचिलो हुने भन्ने सम्बन्धमा सभासद्हरुले आ–आफ्ना धारणा राखेका छन् ।

संवाद समितिले संविधानका विवादित विषयमा प्राप्त प्रस्तावमा सहमति पनि जुटाउन नसकेको र प्रश्नावली पनि नबनाई संविधानसभामा पेस गरेपछिको परिस्थितिमा विवादित मुद्दालाई टुङ्ग्याउने सम्बन्धमा कति हदसम्म लचिलो हुन सकिन्छ भन्ने बिषयमा सभासदहरुले आफ्नो धारणा राखेका थिए ।

तोकिएको मितिमै संविधान जारी गर्न संविधानसभासम्बन्धी नियमावली र संविधानसभाले संविधान निर्माणका लागि पारित गरेको कार्यतालिकालाई संशोधन गरेर भए पनि निर्णयमा पुग्नुपर्ने सभासदहरुले बताएका थिए ।


  •  
  •  
  •