कांग्रेसले प्रदेश नं २ का सबै तहमा लगायो उम्मेदवारको टुंगो

199
  •  
  •  
  •  

Nepali-Congress-Party-Office

काठमाडौं, १५ भदौ (ओएनएस) : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणमा प्रदेश नम्बर २ मा हुने निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेश नं २ का सबै १३६ तहमा पार्टीले उम्मेदवार टुंगो लगाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि नाम भने सार्वजनिक गरिएको छैन । सचिव पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले शुक्रबार मात्रै नामावली सार्वजनिक गरिने बताए ।

उनकाअनुसार निर्वाचन आचारसंहिताका कारण पार्टीले प्रचारका लागि ठूला आमसभाभन्दा पनि घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर
२ मा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ ।

तेस्रोचरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताका लागि स्वयंसेवकसहित ३१ हजार भन्दा बढी कर्मचारी खटिने आयोगले जनाएको छ । प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।


  •  
  •  
  •