कांग्रेसले प्रदेश २ को निर्वाचनबारे रणनीति बनाउँदै, जुट्यो आन्तरिक परामर्शमा

144
  •  
  •  
  •  

Nepali-Congress-Party-Office

काठमाडौं, २४ साउन (ओएनएस) : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणमा प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचनको रणनीति बनाउन जुटेको छ ।

निर्वाचनबारे नयाँ रणनीति बनाउन कांगे्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरुको सहभागिता रहेको छ ।

निर्वाचनबारे समसामयिक राजनीतिक विषयमा छलफल र तयारी गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको पार्टी कार्यालयले जनाएको छ। प्रदेश नम्बर २ मा तीन ठूला दलले आफू नै पहिलो पार्टी बन्ने दावी गर्दै आएका छन् ।


  •  
  •  
  •