कांग्रेस धर्मका नाममा विभाजनतिर उन्मुख

173
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक (ओएनएस) :  नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएको झण्डै १० बर्षपछि नेपाली कांग्रेस धर्मका मुद्दामा विभाजनतिर उन्मुख भएको छ । कांग्रेस नेता खुमबहादुर खड्काले पार्टीभित्र छुट्टै शक्ति निर्माण गरेर पार्टी विभाजन ल्याउने रणनीति अख्तियार गरेका छन् । आज बिहीबार राजधानीमा राष्ट्रिय भेलाको आयोजना गरेका छन् । भेलामा उनको मुद्दामा सहमत असहमत सबै नेता कार्यकर्तालाई बोलाइएको छ । भेलाबाट पार्टीलाई दिन्दू राष्ट्रका नाममा दवाव पोर्ने र नयाँ आन्दोलनको घोषणा गरिनेछ ।
भेलामा कांग्रेस केन्द्रीय सदस्यहरु, सभासदहरु, पूर्वसभासद, पूर्वमन्त्री, महासमिति सदस्य, जिल्ला सभापति लगायतका कार्यकर्ताहरुको सहभागिता रहने छ । भेलामा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई समेत बोलाइएको छ । नेता खड्को अभियानमा रहेका हिन्दू राष्ट्र पुर्नस्थापना समितिका सदस्य पूर्व सभामुख तारानाथ रानाभाटले भेला पार्टी विभाजनका लागि नभई नयाँ बहसको सुरुवात भएको बताए । उनले भेलामा कांग्रेसको धारणा बनाउन शीर्ष नेतादेखि कार्यकर्ता सबै बोलाइएको ओएनएसलाई जानकारी दिए ।

भेलामा बोलाइएका नेताहरु भने नजानेतयारीमा छन् । धर्मको नाममा भेला बोलाइएकाले उनीहरुलाई जान नैतिक दवाव छ । भेला आयोजकले पार्टी विभाजन गर्न नचाहेको बताए पनि त्यसले विभाजनको विउ रोप्ने कांग्रेस नेताहरुकै विश्लेषण छ । स्रोतका अनुसार बुधवार साँझ प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाले यस बारेमा केही नेताहरुसँग छलफल गरेका थिए । नेताहरुले भेला रोक्न आग्रह गरेपछि उनले खड्काले भनेको नमान्ने भन्दै विभाजनबाट सजग रहन आग्रह मात्रै गरे ।
खमबहादुर खड्का र रानाभाटको समुह नेपाली कांग्रेसलाई सनातन हिन्दु राष्ट्रको पक्षधर पार्टी बनाउने अभियानमा लागेका छन् । कांग्रेस नेता लक्षमण घिमिरे, शेखर कोइराला लगायतको समर्थन रहेको छ ।

खुमबहादुरको समितिका अनुहार-‘३ करोडको काममा ४ करोडको कमिसन ?’


  •  
  •  
  •