नेपाली कांग्रेसको सयुक्त बैठक बालुवाटारमा

82
  •  
  •  
  •  

काठमाडौं २५ असोज (ओएनएस) :
नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । हिजो तय गरिएको बैठक अनौपचारीक रुपमा छलफल गरेर सकिएपछि आज औप्चारीक रुपमा बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको उक्त बैठकमा संविधानसभाका विवादित विषयमा कांग्रेसको भूमिका र अडानका विषयमा छलफल हुनेछ । कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठका अनुसार संसद, संविधानसभाका पार्टीकोृ भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनोछ ।
बैठकमा संविधान निर्माणमा सहमति हुन नसकेका विषयमा छलफल गरी राय सुझाव सङ्कलन गरिनुका साथै प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिबारे समेत जानकारी गराइने छ ।


  •  
  •  
  •