कांग्रेस महाधिवेसनको तयारीमा, नेताको होडबाजीले नीति प्रभावित

321
  •  
  •  
  •  

काठमाडौं १६ फागुन (ओएनएस) :
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि बोलाइएको बैठकमा पार्टीको नीति तथा कार्यक्रम र विधानका विषयमा छलफल हुनेछ । महाधिवेसन आउन ४ दिन मात्रै बाँकी रहे पनि पार्टीले नीति र विधानका विषयमा अहिलेसम्म टुङ्गो लगाएको छैन । आज त्यसलाई अन्तिम रुप दिने विषयमा छलफल हुने कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिए ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बोलाइएको छ । बैठकमा महाधिवेसन एक हप्ता पर सार्ने विषयमा पनि छलफल हुनेछ । तयारी नपुगेको भन्दै महाधिवेसन सार्ने विषयमा छलफल भइरहेको छ । विधानको पदाधिकारी संख्या थप्ने विषयमा पनि विवाद कायम नै छ ।

संस्थापन र बरिष्ठ नेता शेरबहादुर देउवा दुवै पक्ष नीतिभन्दा नेतामा केन्द्रित भएको टिप्पणी भइरहेको छ । भोलि देउवा पक्षनले प्यानलसहितको उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ । संस्थापन भित्र सभापतिका आकांक्षीहरुबीच आज साँझ निर्णायक छलफल गरेर अघि बढ्ने तय भएको छ ।


  •  
  •  
  •