कांग्रेसको १३ औं महाधिवेशन देशभर एकसाथ सुरु

120
  •  
  •  
  •  

काठमाडौं १५ माघ  (ओएनएस) : नेपाली कांग्रेसको स्थानिय महाधिवेसन आज एकैपटक सुरु हुँदैछ । केन्द्रका सबै नेताहरु गाउँ पुगेका छन् । गाउँ नगर अधिवेसनसँगै कांग्रेसको १३ औं महाधिवेशन देशभर एकसाथ सुरु भएको हुनेछ । गाउँ, नगर वडा र नगर अधिवेशन देशभर एकैदिन हुन लागेको हो । पार्टीको केन्द्रीय नेतृत्व छनोटमा समेत प्रभाव पार्ने भएकाले संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच गाउँ तहदेखि नै प्रतिस्पर्धा सुरु भएको छ ।

संस्थापन पक्षभित्र सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल दुवै प्रतिस्पर्धाको तयारीमा छन् । कोइरालाले सार्वजनिक नगरेपनि उम्मेदवारी दिने भित्री तयारी गरीरहेका छन् । उपसभापति पौडेलले एक महिनाअघिदेखि नै आफ्नो उम्मेदवारी सार्वजनिक गरी प्रचारमा जुटीसकेका छन । नेतृत्वका लागि कोइराला र पौडेल दुवैको प्रतिस्पर्धाले संस्थापन पक्षीय सदस्यहरु स्थानीय तहको अधिवेशनमा अलमलमा परेका छन् । स्थानीय तहमा कोइराला र पौडेल आ९आफ्नो पक्षीय प्रतिनिधि ल्याउनेमा भिडेका छन । आज ४ लाख क्रियासिल सदस्य अधिवेसनमा सहभागि हुनेछन् ।

विदेशस्थित जनसम्पर्क समितिले पनि महाधिवेशन प्रतिनिधि छनोट प्रकृया सुरु गरिसकेका छन् । जिल्ला अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० देखि २३ सम्म राजधानीमा हुनेछ ।


  •  
  •  
  •