सभापति कोइराला विरुद्ध देउवा पक्षले भण्डाफोर अभियान चलाउने

195
  •  
  •  
  •  

काठमाडौं २८ पुस (ओएनएस) नेपाली कांग्रेसमा सदस्यता विवाद टुङ्गो लगाएपनि विवाद झन बढेको छ । बरिष्ठ नेता शेरबहादुर देउवा पक्षको बैठकले संस्थापनको निर्णयविरुद्ध भन्डाफोर अभियान चलाउने भएको छ । आज असन्तुष्ट केही जिल्लाका सभासपतिले सयुक्त पत्रकार सम्मेलन गर्दैछन् । देउवा पक्षले हार्ने मनस्थितिका कारण संस्थापनले यस्तो हर्कत गरेको आरोपसमेत लगाएको छ ।

नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालयमा सोमबार बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, विमलेन्द्र निधि, बालकृष्ण खाँण एनपी साउद, मानबहादुर विश्वकर्मा, केशवकुमार बुढाथोकी, चन्द्र भण्डारी, गोविन्द भट्टराई, श्याम घिमिरे, अम्बिका बस्नेत, सुजाता परियार, ईश्वरी न्यौपाने, रमेश रिजाललगायत सहभागी थिए ।

जिल्ला सभापतिले  पत्रकार सम्मेलन गर्दै

पदाधिकारी बैठकको निर्णयपछि आज केन्द्रीय कार्यालयमा जिल्ला सभापतिले पत्रकार सम्मेलन गर्दैछन् ।सोलु, रौतहट र कैलालीका जिल्ला सभापतिले पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाउने भएका छन् । पत्रकार सम्मेलनमा देउवा पक्षका नेताहरू विमलेन्द्र निधि र मीन विश्वकर्मा सहभागी हुनेछन् ।


  •  
  •  
  •