नेपाली कांग्रेस तीन नेताका तीन दाउ

320
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक (ओएनएस) :
नेपाली कांग्रेसमा महाधिवेसनबाट छानिने नेतृत्वलाई ध्यानमा राखेर विवाद र बहस सुरु भएको छ । सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा पक्ष एक अर्कालाई असफल भएको सिद्ध गर्न आलोचनामा उत्रिएका छन् । कोइरालालाई महाधिवेसन अघि नै सभापति छाड्न दवाव बढेको छ ।

विगतको समिक्षा र महाधिवेसन सहितको भावी रणनीति बनाउन बसेको विषेश बैठक नेतृत्वको आलोचनामय बनेको थियो । बिहान ११ बजेपछि पार्टी कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समितिको बैठकमा आज पनि सदस्यहरुले नेतृत्वका असफल कारणहरु बरे धारणा राख्दैछन् । कांग्रेसले मुलुकको प्रमुख पदमा भोगेको पराजय र त्यसको समिक्षामा नेताहरुले भनाई राख्ने छन् । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सदस्यहरुले नेतृत्वको आलोचना गर्दै आत्माआलोचना सहित स्पष्टिकरणको माग गरेको बताए ।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सबै पदमा पराजय बहोरेको नेपाली कांग्रेसमा अहिले त्यसको कारण खोजी हुँदैछ । केन्द्रीय समितिको बैठकमा सदस्यहरुले नेतृत्वसँग पराजयको कारण खोजीरहेका छन् नेतृत्वमा रहेका प्रमुख तीन नेता एकले अर्कालाई दोष लगाइरहेका छन् । विवाद भरखरै सकिएको प्रधानमन्त्रीदेखि उपराष्ट्रपति चुनावसँग जोडिएपनि त्यसको जरो महाधिवेसनपछिको नेतृत्वसँग जोडिएको छ ।

देउवा पक्ष कोईरालालाई फेरी सभापतिको कुर्सीमा देख्न चाहदैन, त्यसैले हर हमेसा सभापति कोईरालाको कमजोरी औल्याउदै बरिष्ठ नेता देउवालाई आउदो महाधिबेशनबाट सभापति बनाउने लाईनमा छन् ।

तर सस्थापन पक्षका नेताहरु कोइरालालाई फेरी एक कार्यकाल सभापति बनाउने लाईनमा छन् । सभापति कोइरालानिकट नेताहरू प्रधानमन्त्रीमा पार्टी उम्मेदवारीको बचाउ गर्ने र देउवा पक्ष उक्त निर्णय गल्ती थियो भन्ने सावित गर्न सक्रिय हुने छन । उपसभापति पौडेल पनि कोइरालालाई नै कमजोर बनाएर महाधिवेशनमा संस्थापन पक्षबाटै उम्मेदवार बन्ने दाउमा छन् ।


  •  
  •  
  •