कांग्रेस सभासदद्धारा प्रधानमन्त्री कोइरालाको आलोचना

188
  •  
  •  
  •  

काठमाडौं १६ भदौ (ओएनएस) : नेपाली कांग्रेसका सभासदहरुले कांग्रेसले अडान लिन नसक्दा समस्याहरु झन थपिदै गएको बताउका छन् । संविधान निर्माणका क्रममा उठेका विषयमा कांग्रेसले पार्टिगत अडान लिन नसकेको र नेतृत्वदायी भूमिका खेल्न नसकेको बताएका छन् । संसदीय दलको बैठकमा सभासदहरुले प्रधानमन्त्री कोइरालाको समेत आलोचना गरेको एक सभासदले जानकारी दिए ।

नयाँ बानेश्वरमा बसेको बैठककमा संविधान निर्माण प्रक्रिया, संसोधन प्रस्ताव दर्ताको प्रक्रिया र विषयमा छलफल भएको छ । बैठकमा तराई मधेसमा चलिरहेको आन्दोलन उनीहरुको मागका विषयमा पनि छलफल हुनेछ । बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले पछिल्लो घटनाक्रम बारे जानकारी गराएपछि सभासदहरुले भनाई राखेका थिए ।

हिजो पार्टी केन्द्रीय समितिले गरेको महाधिवेसन सम्बन्धि निर्णयका विषयमा पनि छलफल भएको छ। कांग्रेसले तत्काल महाधिवेसनको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ ।

सभासदले उठाउको केही प्रश्न
अमरेशकुमार सिंहलाई कारवाही गर्नुपर्ने

कैलालीको टीकापुरमा दोषि कांग्रेसभित्र पनि छन् भनिन्छ के हो ?

संविधान जारी गर्न दुईतिहाई कसरी पुग्छ त्यसको जवाफ दिनुपर्ने

संविधान विधेयकमा आएका असहमतिकाृ प्रस्तावालाई कसरी राख्ने हो ?

महाधिवेसन किन पछि धकेलियो त्यसको कारण चाहियो


  •  
  •  
  •