कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

115
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।

कांग्रेसमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था भए पनि शुक्रबार ३७ जना सदस्यमात्र चयन गरिएको छ ।


  •  
  •  
  •