कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

122
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी बैठक आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ ।

भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


  •  
  •  
  •