कांग्रेसले थप ३३ जिल्लाको क्रियाशील सदस्यता टुंग्यायो

109
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंग्याएको छ।

क्रियाशील सदस्यता छानविन समितिको जिल्ला जिल्लाबाट प्राप्त भएका क्रियाशील सदस्यतालाई मान्यता दिँदै सफ्टवेयरमा नामावली चढाएको हो।

छानबिन समितिका सचिव केसव रिजालका अनुसार यसअघि १०१ स्थानको क्रियाशील सदस्यता टुंगिसकेको जानकारी दिए। शनिबार बसेको छानबिन समितिको बैठकले थप जिल्लामा विवादको अन्त्य गर्दै क्रियाशील सदस्यको विवरण अघि बढाएको हो।

आउँदो भदौमा हुने १४औँ महाधिवेशनका लागि कांग्रेसले ५० प्रतिशत थपेर क्रियाशील सदस्यतालाई अन्तिम रुप दिइरहेको छ। शनिबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यतालाई टुंग्याउन असार २० गतेसम्मको समय दिने निर्णय गरेको छ।

त्यसलाई बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक औपचारिकता दिनेछ। सोमबार सार्वजनिक भएको क्रियाशील सदस्यताका कुनै दाबी विरोध भए दर्ता गराउन समितिले आह्वान गरेको छ।


  •  
  •  
  •