वराक ओबामाद्धारा नेपाली समुदायको प्रशंसा

210
  •  
  •  
  •  

काठमाडौं २२ असार (ओएनएस) : अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा रहेका नेपाली समुदायको प्रशंसा गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुको संगठन एएनएको ३२ औं सम्मेलनमा सन्देश पठाउँदै राष्ट्रपति ओबामाले भनेका छन् । ‘नेपालदेखि अमेरिका आई विभिन्न ओहोदामा रहेर सेनादेखि विभिन्न किसिमका पेशा व्यवसायमा संलग्न भइ हामीलाई सेवा पुर्या्उने नेपाली अमेरिकी समुदायको प्रशंसा गर्न चाहन्छु ।’ प्रेश विज्ञप्ति जारी गर्दै ओवामाले नेपाली समूदाय प्रति आभार प्रकट गरेकाहुन् ।

manishaराष्ट्रपति ओबामाले डेमोक्रेटिक पार्टीका डल्लास जिल्ला अध्यक्ष नेपालीमुलका हरि शर्मामार्फत नेपाली समुदायलाई सन्देश पठाएका हुन् । एएनए उद्घाटन समारोहमा ओबामाले पठाएको सन्देश शर्माले पढेर सुनाए । समारोहमा ओबामाका एसिया प्यासिफिक आइल्याण्डका सल्लाहकार शेखर नरसिंहले पनि शुभकामना दिएका थिए । राष्ट्रपति ओबाका साथै अमेरिकी सिनेटर मार्क आर वार्नर तथा ह्वाइट हाउसको एसिया प्यासिफिक आइल्याण्डर्सकी कार्यकारी निर्देशक किरण अहुजाले पनि नेपाली समुदायलाई शुभकामना सन्देश पठाएका छन् । अमेरिकाका लागि कार्यबाहक राजदुत ऋषि राम घिमिरेले शुभकामना दिएका छन् ।

एएनएका संस्थापक अध्यक्ष डा. हरि शर्माले नेपाली शिक्षा, संस्कृतिको जगेर्नाका लागि आफूहरुले ३२ बर्षअघि एएनए स्थापना गरेको स्मरण गराए । कार्यक्रममा एनएनए हिरो २०१४ बाट नेपाली महिलाअधिकारकर्मी विष्णुकुमारी थापा, गिनिज बुकमा नाम लेखाउन सफल कृष्ण पाण्डे, समाजसेवी सरोज प्रजापति र १५ पटक सगरमाथा सफल आरोहण गरेका दोर्जी (लम्बु) शेर्पालाई सम्मान गरिएको थियो ।

manisha 1

manisha 4

manisha

सम्मेलनका सहसंयोजक लक्ष्मण प्रधान, कलाकार माल्भिका सुब्बा लगायतले समारोहलाई सम्बोधन गरे । सम्मेलनमा विभिन्न फोरम, सांस्कृतिक कार्यक्रम, फेशन शो, फिल्म प्रदर्शन लगायतका कार्यक्रम भइरहेको छ ।


  •  
  •  
  •