कहाँबाट हिँडेको ? कारबाही हुन्छ है !

142
  •  
  •  
  •  

काठमडौं १४ मंसिर ।  सार्क सम्मेलनमा बनेका संरचना बिग्रन थालेपछि महानगरपालिकाले फूल कुल्चने र संरचना बिगार्नेलाई कारबाही गर्ने जनाएको छ । संरचना बिगार्नेलाई सार्वजनिक सम्पत्ति क्षति पुर्‍याएको अभियोगमा कारबाही गर्ने महानगरका कार्यान्वयन इकाइ प्रमुख धनपति सापकोटाले बताए । जेब्राक्रस छाडेर सर्वसाधारणले सडकबीचको आइल्यान्ड हुँदै सडक पार गरेपछि बिरुवा र फूल कुल्चिएर नासिन थालेका हुन् ।

 बिरुवा संरक्षणको जिम्मा लिएको नेपाल टेलिकमले भने अझै संरक्षणको सुरुवात गरेको छैन । ‘हामीलाई हस्तान्तरण भएकै छैन,’टेलिकमका प्रवक्ता मधुसूदन कर्माचार्यले भने, ‘संरक्षणको काम सुरु हुन अझै दुई महिना लाग्छ ।’ फुटपाथका बिरुवा वरिपरिबाट घेर्न टेन्डर प्रक्रियामा जानुपर्ने हुनाले समय लाग्ने उनले बताए । टेलिकमले छिट्टै ‘सहरको सौन्दर्य कायम राखौं’ भन्ने नारासाथ जनचेतनामूलक कार्यक्रम ल्याउने उनले बताए । बटुवाले फुटपाथमा रोपिएको बिरुवाको पात टिपेर झिक्रा मात्रै बाँकी छ । माइतीघर मण्डलामा फोटो खिच्न गएका सर्वसाधारणले कुल्चिएर फूल नष्ट भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वसन्त पन्तले जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने बताए। ‘जेब्राक्रस हुँदाहँुदै बिरुवा नासिने गरी बाटो काट्नेलाई महानगरसँग समन्वय गरेर कारबाही गर्छौं,’ उनले भने, ‘यसरी बाटो काट्दा दुर्घटनामा पर्नुहोला । आपmनो ज्यानको सुरक्षा गर्न पनि जेब्राक्रसबाट मात्रै बाटो काट्नुस्।’ ट्राफिकले यसअघि आकाशेपुलमुनिबाट बाटो काट्नेलाई केही समय नियन्त्रणमा लिएर जरिवानासमेत गर्ने गरेको थियो । कान्तिपुरबाट


  •  
  •  
  •