अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहाललाई रजत पदक

982
  •  
  •  
  •  

काठमाडौं : अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालका युवा खेलाडी प्रिन्स दाहालले रजत पदक जित्न सफल भएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा आइतबार भएको ‘योनेक्स सिंगा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् ।

फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भएका थिए । उनले पहिलो सेट १५–२१ अंकले तथा दोस्रो सेट १३–२१ अङकले गुमाएको बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए ।

यसअघि शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा हराएका थिए ।
एजेन्सी


  •  
  •  
  •