नेपाली टोली मलेसिया प्रस्थान

536
  •  
  •  
  •  

काठमाडौं, २३ चैत(ओएनएस) : आईसीसी यू–१९ विश्वकपका लागि एसिया छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको छ ।
खेल यहि बुधबारदेखि शुरु हुनेछ ।

नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बिदाइ गरेका छन् ।
नेपाली युवा टोली शनिबार दिउँसो १ : २५ बजे मलेसिया एअरलाइन्समार्फत क्वालालम्पूर गएको हो ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रविकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।


  •  
  •  
  •