नेपाली खेलाडीलाई भारतीय खेलाडी र प्रशिक्षकको हातबाट तक्मा

107
  •  
  •  
  •  

काठमाडौं । एसिया कपमा भारतसँगको खेल हारेका नेपाली खेलाडीहरूलाई भारतीय खेलाडीहरूले मेडल लगाइदिएका छन् ।

प्रशिक्षक मोन्टी देसाईको योजनाअनुसार भारतीय खेलाडीहरू विराट कोहली र हार्दिक पाण्ड्यालगायतले नेपाली खेलाडीहरूलाई मेडल लगाइदिएका हुन् ।

कुनै पनि प्रतियोगितामा जितेका खेलाडीले हारेका खेलाडीलाई मेडल लगाइदिएको दृष्य आफैँमा दुर्लभ हो ।

ह्याप्पी ड्रेसिक रुमको मान्यताका साथ प्रशिक्षक देसाईले भारतीय खेलाडीहरूबाट नेपाली खेलाडीलाई मेडल लगाउने योजना बनाएको बुझिएको छ । भारतसँगको खेल हारे पनि साहसिक प्रदर्शन गरेको भन्दै नेपाली टोलीको प्रशंसा भइरहेको छ ।

 


  •  
  •  
  •