शनिबार १ हजार १ सय ९१ जना नेपाली स्वदेश फर्किए

355
  •  
  •  
  •  

काठमाडौं । शनिबार विदेशबाट १ हजार १ सय ९१ जना नेपाली स्वदेश फर्किएका छन् । जापानको नारिताबाट २४५ जना, कोरियाबाट २२८, कुवेतबाट १५० जना, यूएईको सारजहाबाट १६८ जना, मलेसियाबाट २४५ र बंगलादेशको ढाकाबाट १५५ जना नेपाली स्वदेश फर्किएका नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यस्तै आज २६१ जना नेपाली कोरियन एअरमार्फत कोरिया गएका छन् भने २८६ कतार ट्रान्जिट हुँदै कतार एअरवेजमार्फत विभिन्न देश गएका छन् ।

मलेसियाबाट नेपाली लिएर आएको जहाजमार्फत ११ जना नेपालीको शव पनि आएको छ । लामो समयदेखि मलेसियामा रोकिएका शव आज आएको हो । यस्तै कुवेतले पनि २ जना नेपालीको शव आज ल्याएको छ ।

यस्तै साउदीमा समस्यामा परेका नेपाली ल्याउन नेपाल एअरलाइन्स साउदीका लागि उडेको छ । शनिबार राती यूएईको दुबई र हिमालय एअरलाइन्स कतारको दोहा जाँदैछ ।


  •  
  •  
  •